जग्गा प्रकरण : नापी कार्यालयको सम्पर्कबाहिर जी ट्रेडिङ: नेकपाको पाँच सदस्यीय छानविन समिति

१० मंसिर २०७७, बुधबार मा प्रकाशित

बिर्तामोड,
बिर्तामोड–१स्थित पाथीभरा सिने प्लाजा नजिकैको जग्गाको विवाद सतहमा आएपछि नेपाली कांग्रेस र नेकपाका जिल्लास्तरीय नेताको ध्यान केन्द्रित भएको छ ।

५४७ र ६२२ कित्ता नम्बरका विषयमा अहिले विवाद छ । कित्ता नम्वर ५४७ लाई ६२२ बनाएर आफूहरुको जग्गा किर्ते गरी बिक्री गरेको भन्दै एक थरी आफ्नो श्रेस्ता बोकेर वडा कार्यालयदेखि नापी र मालपोत कार्यालय धाउन बाध्य छन् भने अर्काथरी मालपोत कार्यालय झापामा खरिद गरिएको जमिनको मोठ उठाउन लागीपरेका छन् । जग्गाको विषयमा विवाद भएपछि कित्ता नम्वर ५४७ वाट जमिन खरिद गरेकाहरु बिर्तामोड–१स्थित वडा कार्यालयमा आफूहरुको जमिन कसरी अर्कैले खरिद बिक्री ग¥यो भन्दै वास्तविक सत्य–तथ्य पत्ता लगाई दोषीलाई कानूनी कारवाहीको माग गर्दै पुगेका छन् । मालपोत र नापी कार्यालय समेत आफ्ना जमिनको श्रेस्ता बोकेर पुगेका उनीहरु अहिले वडाले गरेको सिफारिसका विषयमा समेत खोजी गरिरहेका छन् ।
यता जग्गाको विषय सतहमा आएपछि नेपाली कांग्रेस र नेकपाका प्रदेश सांसद सहित जिल्ला स्तरीय नेता समेत त्यस विषयको जानकारी लिन मालपोत र नापी कार्यालय पुगेका छन् । सात कठ्ठा जमिन ललितपुरमा दर्ता रहेको जी टे«डिङ कम्पनी लिमिटेडले खरिद गरेपछि विवाद सृजना भएको छ । सो विषयमा जानकारी लिन प्रदेश सांसद एकराज कार्की सहित नेकपाका नेताहरु नरेश खरेल, ज्ञानुराम प्रसाई, कुवेर श्रेष्ठ अरुण लगायतका नेता मालपोत र नापी पुगेका थिए । जग्गाको विषयमा बिर्तामोड नगरपालिका वडा नम्वर १का वडाध्यक्ष अग्निप्रसाद पाण्डेको समेत नाम मुछिएपछि नेकपाका नेताहरुले त्यस विषयमा चासो राखेका छन् । मालपोत कार्यालय झापाले कित्ता नम्वर ६२२ वन शुद्धिकरण उच्च स्तरीय आयोगले दिएको लिखत दिएपछि नेकपाका नेताहरुले त्यस विषयमा थप चासो राखेका छन् ।
यता नापी कार्यालय झापाले सात दिने म्याद राखी नक्सा सुधार कार्यमा सहयोग गरिदिन जी टे«डिङसहित अन्य १५ जनालाई आग्रह गरेको थियो । कात्तिक १८ गते सबैलाई पत्राचार गर्दै त्यसको वोद्धार्थ नापी विभाग, जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा, भूमिसुधार तथा मालपोत कार्यालय, बिर्तामोड नगरपालिका र बिर्तामोड–१को कार्यालय समेत पठाएको थियो । तर, जी टे«डिङ कम्पनी लिमिटेडले अहिलेसम्म नापी कार्यालयमा सम्पर्क नगरेको बताइएको छ । नापी कार्यालय झापाले बिर्तामोड–१को कित्ता नम्बर ६२२ र ५४७ बदर भई कायम भएका १५ जना जग्गाधनीलाई कात्तिक १८ गते पत्र पठाएको थियो । तर, जी टे«डिङ कम्पनी लिमिटेड नापीले दिएको समय अवधि सकिएर २१ दिन पुग्दा पनि प्रमाणसहित कार्यालयमा नआएको बताइएको छ । कार्यालयले उपस्थित भइदिने विषय उल्लेख गरेर चलानी नम्बर १७४को पत्र जी ट्रेडिङ प्रालि ललितपुरसहित , भगवती आवास कम्पनी प्रालि, मुना गिरी, देवी लिम्बू, जीवनाथ निरौला, नवराज निरौला, सूर्यबहादुर वन, अजय चौधरी, टंकप्रसाद ढकाल, खिनमाया कडरिया, धर्मप्रसाद तिम्सिना, भीष्म बिमली, दीपा लिम्बू र बिनोदकुमार निरौलाको नाममा पत्र काटेको रेकर्ड छ ।

नेकपाको पाँच सदस्यीय छानविन समिति

बिर्तामोड नगरपालिका– १ पाथिभरा सिने प्लाजा नजिकैको विवादित सात कठ्ठा जमिनको विषयमा नेकपाले छानविन थालेको छ । अनियमित ढङ्गले नक्सा तोडमोड गरी जग्गा पास गर्न÷गराउन संलग्न सम्बन्धित सरकारी कार्यालयका कर्मचारी तथा सिफारिस गर्ने÷गराउने कार्यमा संलग्न जनप्रतिनिधिको भूमिका समेत छानविन गरी दोषीलाई संलग्नताको आधारमा कारबाहीको मागसहित छानबिन शुरु गरेको हो । नेकपाले सो विषय छानविनका लागि पाँच सदस्यीय छानविन समिति समेत गठन गरेको छ । नेकपा बिर्तामोड नगर अध्यक्ष ज्ञानुराम प्रसाईंले विशेषज्ञसहितको पाँच सदस्यीय छानविन समिति गठन गरेको बताए । ३÷४पटकसम्म जग्गाको नक्सा तोडमोड गर्नु आफैंमा गलत हो– नगर अध्यक्ष प्रसाईंले भने– यो कार्यमा नापी कार्यालयका कर्मचारी, मालपोतका कर्मचारी र स्थानीय तहका कर्मचारीको पनि संलग्नता भए छानविनका आधारमा यथोचित कार्वाही हुनेछ । पटक–पटक नक्सा तोडमोड गर्नु एक जना मान्छेले मात्र नसक्ने भन्दै क–कसको सेटिङमा यस्तो कार्य भएको हो सत्यतथ्य पत्ता लगाई कार्वाही गराउन पार्टीले कडा कदम चाल्ने छ– अध्यक्ष प्रसाईंले भने । पार्टीले जग्गाको विषयमा विभिन्न सञ्चारमाध्यममा आइरहेका समाचारहरुप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । जग्गाको विषय बाहिर आएपछि पार्टीले दुई वटा छुट्टाछुट्टै समिति गठन गरेको अध्यक्ष प्रसाईंले बताए ।
पाँच सदस्यीय छानविन समिति गठन भएको छ भने नरेश खरेलसहितको दबाबमूलक समिति समेत गठन गरिएको प्रसाईंको भनाइ छ । दवावमूलक समितिले प्रमुख जिल्ला अधिकारी, नापी र मालपोत कार्यालयका प्रमुखलाई सत्य–तथ्य पत्ता लगाउन दबाब दिएको उनको भनाइ छ । जतिसक्दो चाँडो जग्गा प्रकरणको विषयमा छानविन होस्, हामीले तीनवटै कार्यालयका प्रमुखलाई कार्यालयमै भेटेर भनेका छौं– प्रसाईंले भने । यता नेपाल कम्युनिष्ट पार्टी बिर्तामोड–१ वडा कमिटिले प्रेस विज्ञप्ति जारी गर्दै छानबिन समितिको प्रतिवेदनको आधारमा संलग्न सदस्यलाई विधान अनुसार प्रमाणको आधारमा कारबाही अघि बढाउने जनाएको छ । वडा कमिटी अध्यक्ष त्रिलोचन प्रसाई र सचिव प्रकाश खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा छानविन समितिको नाम भने खुलाइएको छैन् । जग्गा प्रकरणमा भूमाफियासँग साँठगाँठ गरी बद्नियतका साथ अनियमित ढङ्गले पास गरिएको उक्त जग्गाको रजिष्ट्रेशन तुरुन्त खारेज गरी उक्त जग्गालाई पूर्ववत् अवस्थामा कायम गर्न सम्बन्धित निकायमा पार्टी जोडदार माग गर्दछ– विज्ञप्तिमा भनिएको छ । घटनाको विषयमा छानविन गरी सत्य तथ्य पत्ता लगाई प्रमाण र सच्चाइले पुष्टि गरेको आधारमा अनियमित गतिविधिमा संलग्न जुनसुकै निकाय र व्यक्तिहरुमाथि यथोचित कारबाही गरिनु पर्दछ भन्ने नेकपाको स्पष्ट दृष्टिकोण रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here