
सुनिता निरौला
हाम्रो घरको फूलवारीमा एउटा फूल फूल्यो
त्यो फूलको वासनाले सारा संसार भुल्यो ।
वगैंचामा हेर्दाखेरी स्वर्ग जस्तो लाग्छ
भँवरा र मौरी आई गीत गाई नाच्छ ।।
सवै फूलमा सुवासित एउटा अझ राम्रो
घरको शोभा वढाउँदा वढ्यो खुशी हाम्रो ।
मेरो मनमा पलाएको तिमी एक फूल
भरोषामा वाँचेका छौं हामी नगर्नु है भुल ।।
दमक, झापा



























