खड्कालाई नेपाल लाइफ इन्स्योरेन्सको बीमा दाबी रकम प्रदान

0
1219

तुलसीप्रसाद निरौला , बिर्तामोड  । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडले मेचीनगर नगरपालिका वार्ड न.ं ४ बाहुण्डाँगी बजारका स्व.गणेशबहादुर खड्काको परिवारलाई बीमा दाबी रकम प्रदान गरेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण गत मंसीर ८ गते निधन भएका स्व.खड्काका परिवारलाई बीमा दाबी रकम वापत तीन लाख १९ हजार पाँच सय रुपैयाँ प्रदान गरिएको हो ।

स्व. खड्काले गत असोजमा आफ्नो जीवनकालमा बीमा सहजकर्ता(ब्यवसाय संयोजक) लक्ष्मी पौड्यालआचार्यमार्फत नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडमा तीन लाख रुपैयाँको १५ वर्षे जीवन बीमा गरेका थिए । उनले प्रथम किस्तावापत २३ हजार पाँच सय ५८ रुपैयाँ जम्मा गरेका थिए ।

कोरोना भाइरसको संक्रमणका कारण गत मंसीर ८ गते उनको निधन भएको थियो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड बिर्तामोड शाखा प्रमुख अमरेन्द्र कर्णको अध्यक्षता तथा झापा क्षेत्र नं.१ का साँसद राम कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि साँसद कार्कीले स्व. खड्काकी श्रीमती सुशीला खड्कालाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

 

कार्यक्रममा  पेशागत बीमा अभिकर्ता संघ(महासंघ)का केन्द्रीय सदस्य , पेशागत बीमा अभिकर्ता संघ नेपाल विमक समिति नेपाल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडका सल्लाहकार सदस्य बरिस्ठ एजेन्सी मेनेजर सीपी कडरिया, विमक समिति नेपाल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडका केन्द्रीय सदस्य तथा बरिस्ठ एजेन्सी मेनेजर तेजमणि प्रसाईं, विमक समिति नेपाल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडका बिर्तामोड सचिब एवम् बरिस्ठ एजेन्सी मेनेजर श्रीप्रसाद सिटौला , विमक समिति नेपाल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडका धुलाबारी अध्यक्ष डिल्लीराम न्यौपाने,मेचीनगर नगरपालिका वडा नं. ४ का वडा सदस्यहरू विनोद रन्जितकार, कमला मोते, प्रह्लाद दाहाल र मन्जिता लिम्बू, सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक भिमकुमार श्रेष्ठ, सरस्वती माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर आचार्य, हात्ती ब्यवस्थापन समितिका अध्यक्ष हरि उप्रेती लगायतको सहभागिता रहेको थियो ।

स्व. खड्काकी श्रीमती सुशीलाले आफ्नो सुख दुःखमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडले साथ दिएको बताइन् । उनले श्रीमान् गणेशबहादुरले नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडमा जीवन वीमा गरेकाले उनको निधनपछि प्राप्त गरेको रकमले अवको जीवन गुर्जान सहज हुने बताइन् ।

कार्यक्रमको सञ्चालन विमक समिति नेपाल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडका केन्द्रीय सदस्य तथा बरिस्ठ एजेन्सी मेनेजर तेजमणि प्रसाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here