एनसेलद्वारा अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग

0
874

 

झापा, एनसेल आजियाटा लिमिटेडले यस कोरोना भाइरसको संक्रमणले ल्याएको महामारीको जोखिम कम गर्न सरकारलाई सहयोग गर्दै आफूले हस्तान्तरण गर्ने १५० थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटर्स मध्ये पहिलो लट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

कोभिड–१९विरुद्घ स्वास्थ्यतथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेलले १५० थानभन्दा बढी पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गर्ने प्रतिबद्घता जनाएको छ । कोरोनाभाइरस रोगबाट रगतमा अक्सिजन लेबल कम हुने बिरामीहरुका लागि अक्सिजन एक आधारभूत मेडिकल आवश्यकता हो । एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्ले कम्पनीले प्रदान गर्ने अक्सिजन कन्सन्ट्रेटर्सको पहिलो लट अन्तर्गतका कन्सन्ट्रेटर्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

कोरोना बिरामीको उपचारका लागि अक्सिजनको चरम अभाव खेपिरहेका जिल्लास्तरीय अस्पतालहरुमा यी कन्सन्ट्रेटर्स हस्तान्तरण गरिने छन् । एनसेलबाट आएको यो अक्सिजन कन्सन्ट्रेटर्स सहयोगको हामी कदर गर्दछौं । अक्सिजनको चरम अभाव रहेको अहिलेको विषम परिस्थितिमा यी कन्सन्ट्रेटर्सले जीवन बचाउन एकदमै ठूलो महत्व राख्दछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत आएको यो सहयोगले गम्भीर बिरामी भई श्वासप्रश्वास प्रणालीमा समस्या झेलिरहका मानिसको जीवन बचाउन योगदान दिनेछ र साथै जिल्लास्तरका अस्पतालहरुको चिकित्सा पूर्वाधार विकासमा सहयोग पुर्याउने छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङ्ले भने– देशका जनताहरुलाई सेवा प्रदान गर्ने हाम्रो कार्यलाई निरन्तरता दिँदै यस महामारीको समयमा अमूल्य जीवन बचाउन सहयोग पुर्याउने हेतुले अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर्स प्रदान गरेका हौं । गतवर्ष सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ योगदान गरेको एनसेलले धुलिखेल अस्पतालसँगको सहकार्यमा एनसेल कोभिड–१९ हटलाइन सेवा पनि शुरु गरेको छ ।

एनसेल कोभिड–१९ हटलाइन सेवा ९८०५५५४५०० मा फोन गरी कोरोना भाइरस रोग सम्बन्धी कुनै पनि जिज्ञासा भए हटलाइनमार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीसँग निःशुल्क परामर्श लिन सकिन्छ । साथै धुलिखेल अस्पतालमा स्थापना भएको हटलाइनको कल सेन्टरले देशभरि घरमै आइसोलेसनमा बसेका बिरामीलाई दैनिक निःशुल्क स्वास्थ्य परामर्श पनि प्रदान गर्दछ । यस विषम परिस्थितिमाग्राहकको बढ्दो सञ्चारको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले डेटा प्याकमा बोनस, वर्क फ्रमहोम प्लानहरु, डिजिटल प्लाटफर्मबाट सेवाहरु खरिद गर्दा बोनस डेटा, सापटी सेवामा थप विकल्पहरु शुरु गरेको छ । आफ्ना कर्मचारी कल्याणका लागि सञ्चालित अभियान अन्तर्गत, एनसेलले यस कठिन समयमा आफ्ना कर्मचारीहरुलाई विषेश होम केयर सहयोग पनि प्रदान गर्दै आएको छ । यस सहयोग अन्तर्गत कम्पनीले इमरजेन्सीका बेलामा काठमाडौं भित्र र जिल्लामा रहेका कर्मचारीहरुलाई तत्काल अक्सिजन कन्सन्ट्रेटर्स, ह्वील चेयर र स्टे«चर उपलब्ध गराउँदछ ।

यसका साथै कम्पनीले आफ्ना कर्मचारीहरुलाई मास्क, सेनिटाइजरको व्यवस्था गर्नुका साथै आवश्यक परेको खण्डमा औषधिहरु घर–घरमै डेलिभरी गरिदिने व्यवस्था पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here