राष्ट्रपति र प्रधानमन्त्री बिग्रह र बिखण्डनको बाटोमा लगेको भन्दै झापाका नौ दल एक ठाउँमा: थालियो सशक्त आन्दोलनको तयारी

0
876

झापा,  संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, संघीयता र समावेशीतालाई समाप्ता पारी संविधानलाई असफल बनाएर राष्ट्रलाई बिग्रह र बिखण्डनको बाटोमा लगेको भन्दै राष्ट्रपति विद्यादेबी भण्डारी र केपी शर्मा ओली विरुद्ध झापाका नौ राजनीतिक दल एक ठाउँमा उभिएका छन् ।
संविधान मिच्दा राजा ज्ञानेन्द्र शाहको जुन हविगत भएको थियो, प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पनि त्यही अवस्था हुने भन्दै झापाका राजनीतिक दल एक ठाउँमा उभिएका हुन् । आफूसँग बहुमत नरहेको र विश्वासको मत समेत लिन सक्ने आधार नदेखिएकाले नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न मैले संविधानको धारा ७६ को ५ अनुसारको सरकार गठनका लागि राष्ट्रपतिकोमा सिफसिर गरेको हुँ भनेर सिंह दरबारमा आयोजित पत्रकार सम्मेलनमा बताउने प्रधानमन्त्री ओलीले आधा घण्टाभित्रमै मसँग बहुमतको सरकार बनाउने आधार छ भन्दै राष्ट्रपतिकोमा दावी गर्नु पाखण्डपन भन्दै प्रधानमन्त्री ओलीले मुलुकलाई जटिल र गम्भीर राजनीतिक दुर्घटनातर्फ धकेल्ने आपराधिक षडयन्त्र रचेको नौ दलको साझा निष्कर्ष छ । जसको जति निन्दा र र भत्र्सना गरेपनि कम हुने भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै मुलुकलाई जननिर्वाचित प्रतिनिधिसभा विहीन बनाएर अध्यादेशको भरमा राष्ट्र सञ्चालन गर्ने कार्यले समृद्ध राष्ट्रको निर्माण हुन नसक्ने नौ दलको ठहर छ ।
झापाको बिर्तामोडमा बसेको नौ दलको संयुक्त वैठकले दोस्रो पटक संसद विघटन गरेका प्रधानमन्त्री ओलीविरुद्ध नौं दलले झापामा सशक्त आन्दोलनको तयारी समेत गरेको छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै त्यसको विरुद्धमा उत्रिन झापाका राजनीतिक दलहरुले आव्हान गरेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित अन्य ९ वटा राजनीतिक दलहरुले लोकतन्त्रको संस्थागत विकास र प्राप्त उपलब्धिहरुको रक्षाका खातिर आन्दोलनको अग्रमोर्चामा रहेर विगतका दिनहरुमा जस्तै सशक्त भूमिका निर्वाह गर्न झापाली जनतालाई आह्वान गरेका हुन् ।
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको गुटगत षडयन्त्रको शिकार बनेको प्रतिनिधिसभाको पुनःस्र्थापनाका लागि पुनः आन्दोलनमा जानुको विकल्प नरहेको भन्दै दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, संघीयता र समावेशीतालाई समाप्त पारी संविधानलाई असफल बनाएर राष्ट्रलाई बिग्रह र बिखण्डनको बाटोमा लैजाने षडयन्त्रको पर्दाफास गर्दै संयुक्त जनआन्दोलनका कार्यक्रमहरु अघि बढाउन अब ढिला गर्न नहुने बताएका छन् ।
नेपाली कांग्रेसका जिल्ला सभापति उद्धव थापा , माओवादी केन्द्रका सचिव मणिकुमार साम्पाङ , नेकपा एमालेका अध्यक्ष वेदराज रेग्मी , जनता समाजवादी पार्टीका दिपेनवाला राई , बहुल राष्ट्रिय मोर्चाका सन्जुहाङ पालुङ्वा , संघीय लिम्बूवान मंचका धनबहादुर पन्धाक , विवेकशील साझा पार्टीका मेदनी प्रसाई , राष्ट्रिय जनमोर्चाका सन्तोष राई र राष्ट्रिय जनमुक्ति पार्टीका प्रकाश थम्देनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै ओलीले नक्कली राष्ट्रवादको नारा फलाकेर देश र जनतालाई झुक्याउँदै एकपछि अर्को लोकतन्त्रबिरोधी, राष्ट्रघाती कार्य गर्दै आएको बताइएको छ ।
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको षडयन्त्रबाट संविधानको धारा ७६ को उपधारा ५ अनुसारको सरकार बन्न नदिई जेठ ७ गते मध्यराति जननिर्वाचित प्रतिनिधिसभा बिगठन गरेर संविधानको ठाडो उल्लङघन गरेका छन् जारी विज्ञप्तिमा भनिएको छ – संविधानको मर्म, भावना र नेपाली जनताको बलिदानीपूर्ण संघर्षको अवमूल्यन गर्दै मध्यरातमा जालझेल गरेर संसद् बिघठन गरिएको घटनाका सम्बन्धमा लोकतन्त्रमा आस्था र बिश्वास राख्ने हामी नौ राजनीतिक दलहरु घोर निन्दा भत्र्सना गर्दछौं ।
बहुमत (१४९) सांसदहरुको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको दावी पेश गर्नुभएका पार्टी सभापति शेरबहादुर देउवा र उहाँको समर्थनमा राष्ट्रपति कार्यालयमा माअ‍ेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरु स्वयम् उपस्थित हुदाँसमेत केपी ओलीको कीर्ते बखेडाको मतियार बनेर राष्ट्रपति भण्डारीबाट जुन राष्ट्रघाती कुकर्म भएको छ विज्ञप्तिमा भनिएको छ – यस दुष्कर्मले लोकतान्त्रिक गणतन्त्रलाई बिकृत बनाउने अपराध भएको छ ।
नेपाली जनताले चाहेको केपी र बिद्याले षडयन्त्रमा संविधान मिचेर चल्ने बिकृत गणतन्त्र होइन, थिएन । समुननत, सभ्यलोकतान्त्रिक गणतन्त्रका जनताले गरेको त्याग र बलिदानलाई अपमान र अवमुल्यन गर्ने कुकर्मीहरुलाई नेपाली जनताले दण्डित गर्ने नै छन् नौ दलद्वारा जारी विज्ञप्तिमा भनिएको छ – प्रधानमन्त्री ओली र राष्ट्रपतिको गुटगत षडयन्त्रको सीकार बनेको प्रतिनिधिसभाको पुनःस्र्थापनाका लागि पुनः आन्दोलनमा जानुको बिकल्प छैन । देश र जनताका बिरुद्ध भएको यो जघन्य अपराधको बिरोधमा फेरि एकपटक महान नेपाली जनतालाई आन्दोलनका लागि अपिल गर्नुपरेको छ ।
कोरोना महामारीका बीच चुनाव हुने अवस्था नरहेको बताइएको छ । कोरोनाको तेस्रो भेरियण्ट आइसक्यो, देश महामारीको चपेटामा छ । जनता घरबाट बाहिर निस्कने अवस्था छैन । यस्तो अवस्थामा चुनावलाई बहाना बनाएर निरंकुश, अधिनायकवादी शासन लादने प्रधानमन्त्री र राष्ट्रपतिको षडयन्त्रलाई जनताकाबीचमा भण्डाफोर गर्न सबै लोकतन्त्रवादी शक्तिहरु एकजुट हुनु आजको आवश्यकता रहेको नौ दलको ठहर छ । लोकतन्त्रको संस्थागत बिकास र प्रप्त उपलब्धिहरुको रक्षाका खातिर आन्दोलनको अग्र मोर्चार रहेर बिगतका दिनहरुमा जस्तै शसक्त भूमिका निर्वाह गर्न हामी नागरिक समाज, पत्रकार, मानवअधिकारवादी, मजदूर, किसान, प्र्रध्यापक, शिक्षक, कानूनकर्मी, उद्योगी, व्यसायी, बिभिन्न पेशाकर्मी लगायत न्यायप्रेमी आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं नौ दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नौ दलको संयुक्त वैठकमा संविधान सभा सदस्य सुधीरकुमार शिवाकोटी , रविन कोइराला, धर्मशीला चापागाई, प्रदेश संसद झलकसिंह दर्लार्मी, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा लगायतले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको कार्यशैलीको निन्दा र भत्सर्न गर्दाै ओलीका पछिल्ला कदम सच्याउनु पर्ने माग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here