छविराज ढकाल
पथरीशनिश्चरे, पथरीशनिश्चरे सोमबार अपरान्हदेखि नगरअस्पतालस्थित नवनिर्मित आइसोलसनबाट कोरोना संक्रमितलाई उपचार सेवा थालिएको छ।
पथरीशनिश्चरे नगरपालिकाभित्रका कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढ्दै गएपछि नगरपालिकाद्वारा नगरभित्रका अति विपन्न तथा कमजोर होमआइसोलेसनमा रहेका संक्रमितका लागि निशुल्क स्वास्थ्य सेवा प्रदान गरिने भएको हो ।
उक्तआइसोलेसनमा तत्काललाइ १५ वटा बेड संचालनमा ल्याइन लागिएको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले बताएका छन् ।
नवनिर्मित आइसोलसनको अनुगमन गर्दै नगरकी उपप्रमुख यमुना विष्ट वास्तोलाले आइसोलेसनको निर्माणकार्य सम्पन्न भएको बताउँनु हुँदै निस्शुल्क स्वास्थ्य लाभको लागि पनि नगरवासीहरुलाइ जानकारी दिएकी छन् । कोरोना संक्रमितहरुलाइ चाहिने आवश्यक
गाउन, एन नाइन्टी फाइभ मास्क, सेफ्टी चश्मा, पञ्जा, सेनिटाइजर र अन्य केही उपकरणका सामग्रीहरू नेपाल सरकार मातहतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गरिसकेको छ। जसमा जिल्ला प्रशासन कार्यालय मोरङले अक्सिजन सहितको ५ वटा सिलिण्डर प्रदान गरेको छ भने अरु ५(६वटा पथरिशनिश्चरे र वेलवारीनगरका बासिन्दाले स्वतस्फूर्तस् सहयोग प्रदान गरेका हुन् । अरु ५ वटा सिलिण्डर खरिदका लागि प्रवासमा रहेका नेपालीहरुले आर्थिक सहयोग गर्ने वचनवद्धता दिलाएको समेत नगर उपप्रमुख विष्टले बताएकी छन् ।
साथै , नगर उपप्रमुख बाँस्तोलाले थप कोरोना संक्रमितका लागि आवश्यक पर्ने अन्य अक्सिजन सिलिन्डर मानवीय सहयोग उपलब्ध गराउन समेत सबैमा अनुरोध गरेकी छन् ।
नगर अस्पतालले हाल दिनहुँ ३५ भन्दा बढी संक्रमितको पिसिआर तथा एन्टिजेन मार्फत स्वाव संकलन गरेर प्रदेश स्वाव परिक्षण प्रयोगशालामा पठाउँदै आएको छ। गत शुक्रबार सम्मको रिपोर्ट अनुसार नगरभित्र कूल १ सय ५३ जना संक्रमितमध्यें ७ जनाले कारोनाकै कारण ज्यान गुमाएका छन् । सकृय संक्रमित ५ जनाको अन्य अस्पतालमा उपचार भइरहदां अन्य संक्रमितहरू डाक्टर को निरन्तर परामर्श सेवा लिई होम आईसोलेसनमा उपचाररत छन्।
सोहि दिन नगरभित्रका स्वास्थ्यकर्मीहरुको आइसोलेसन व्यवस्थापन तथा स्वास्थ्य सेवा संचालन सम्बन्धी मिटिङ समेत बसेको थियो ।































