आकाशमै विवाह

0
825

झापा, एक भारतीय जोडीले कोभिड प्रतिबन्धहरू छल्न विमान भाडामा लिएर १५० भन्दा बढी निम्तालुहरूको बीच आकाशमै विवाह गरेका छन् । सामाजिक सञ्जालमा राखिएका भिडियोहरूमा हवाईजहाजमा ती जोडी र निम्तालुहरूको भीड देखिन्छ । उडान शुरु भएको मानिएको तमिलनाडु राज्यले हालै कडा प्रतिबन्धहरू लगाउँदै विवाहमा ५० जनाभन्दा बढी सहभागी हुन नपाउने नियम लागू गरेको छ । द टाइम्स अफ इण्डिया दैनिकका अनुसार भारतीय उड्डयन निकायले स्पाइसजेटको सो उडानका कर्मचारीहरूलाई निलम्बन गरेर अनुसन्धान शुरु गरेको छ । वायुसेवाका प्रवक्ताले इण्डियन एक्सप्रेस दैनिकलाई बोइङ ७३७ मदुराईदेखि बेङ्गलोरसम्मका लागि विवाहपछिको यात्राको लागि भनेर एक ट्राभल एजेन्टले भाडामा लिएका थिए । ती प्रवक्ताले सेवाग्राहीलाई पालना गर्नुपर्ने कोभिड नियमका बारेमा स्पष्टसँग भनिएको र जहाजमा हुँदा कुनै पनि गतिविधि गर्ने अनुमति अस्वीकार गरिएको बताएका छन् । भारतमा अहिले कोरोनाभाइरसको घातक दोस्रो लहर चलिरहेको छ । कोभिडका कारण त्यहाँ अहिलेसम्म कम्तीमा तीन लाखभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । विगतका साताहरूमा अस्पताल र मसानघाटहरूमा भिड लागेको एवं त्यसका कारण अक्सिजनको कमी र दाहसंस्कार चौबीसै घण्टा गर्नुपर्ने अवस्था सिर्जना भएको छ । धेरै परिवारले आफन्तको दाहसंस्कारको खर्च व्यहोर्न नसकपछि गङ्गा नदीको किनारमा शवहरू े गैरकाननी रूपमा गाडेर छोडेको समाचारहरू आएका ू छन्। मङ्गलवार बिहान २४ घण्टाको अवधिमा भारतमा एक लाख ९६ हजार जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने ३,५११ जनाको ज्यान गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here