रत्नवहादुर वस्नेत
झापा, झापाको बिर्तामोड नगरपालिकाका कृषकलाई धानको बीऊ वितरण गरिएको छ । धानको ब्याड राख्ने समय शुरु भएसँगै नगरपालिकाले १, ३, ४ र ५ बाहेक सबै वडाका कृषकलाई रञ्जीत जातको धानको बीऊ वितरण गरेको हो । धानको उत्पादन बृद्धि गर्ने उद्देश्यले नगरपालिका अन्तर्गत २, ६, ७, ८, ९ र १० नं. वडाका कृषकहरुलाई १२ टन धानको बीऊ ५० प्रतिशत अनुदानमा वितरण गरिएको बिर्तामोड कृषि शाखाका अधिकृत राजेन्द्र कडरियाले जानकारी दिए । यसैबीच बिर्तामोड–९का कृषकहरुलाई २ टन (२ हजार किलो) धानको बीउ, वितरण गरिएको छ । स्थानीय वडास्तरीय नवीकरण अग्र्यानिक तरकारी उत्पादक समूहमार्फत वडाका २२ वटा कृषक समूहलाई वीऊ वितरण गरिएको समूहका सचिव यज्ञराज श्रेष्ठले जानकारी दिए ।
नगरका विभिन्न पाँचवटा कृषक समूहबाट सम्बन्धित वडाका कृषक समूहलाई सदस्य संख्याको आधारमा समानरुपले बीऊ वितरण कार्य गरिएको सचिव श्रेष्ठले बताए । १२० दिनमा पाक्ने उन्नत जातको सा बीऊ स्थानीय हल्दिबारीस्थित एकता बहुउद्देश्यीय सहकारी संस्थाबाट उत्पादन गरिएको हो । बीऊबिजन गुणस्तर नियन्त्रण विभागका अनुसार तराई क्षेत्रमा १०६ जातका बीऊ सिफारिस गरिएको छ । बीऊ उत्पादक समूह, सहकारी र निजी क्षेत्रबाट गुणस्तरीय बीऊ उत्पादन गरी किसानलाई श्रोत बीऊका रुपमा वितरण गरिन्छ ।































