युवा परिषद् झापा र एनआरएनएद्वारा ७० जना कोभिड संक्रमितलाई पौष्टिक आहार वितरण

0
1344

झापा ।

युवा परिषद् झापा र एनआरएनएद्वारा मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचार गरिहरेका कोभिड संक्रमितहरुलाई पौष्टिक आहार वितरण गरिएको छ ।

अस्पतालमा हाल ७० जना संक्रमितहरुका लागि पौष्टिक आहार वितरण गरिएको हो । राष्ट्रिय युवा परिषद् झापाको संयोजन र गैर आवासीय नेपाली संघ जर्मनीका खेलकुद विभाग प्रमुख विर्तामोड –७ का अर्जुन ओलीको आर्थिक सहयोगमा उक्त सामग्री वितरण गरिएको परिषद्का अध्यक्ष मदन बुढाथोकीले जानकारी दिए ।

पौष्टिक आहारमा काजु, किसमिस, ओखर, च्यापनप्रस लगायतको सामग्री प्रदान गरिएको बुढाथोकीले जानकारी दिए । गैर आवासीय नेपाली संघ जर्मनीले नेपालमा महामारीका लागि विभिन्न सहयोग प्रदान गर्दै आएको छ । सो संस्थाका अध्यक्ष हरि न्यौपानेले २८ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने निर्णय समेत गरेको जानकारी दिएका छन् ।

सो सामग्री जिसस झापाका प्रमुख एवम् मेची अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेल, भद्रपुरका मेयर जीवन श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । नेकपा एमालेका युवा नेता असारु राजवंशी, परिषद्का अध्यक्ष बुढाथोकी, कोभिड क्वीक रेस्पोन्स टिमका दिवाकर लाल चौधरी, एमाले युवा नेता छवि चुडाल, खगेन्द्र आचार्य लगायतले पौष्टिक आहार हस्तान्तरण गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here