बिर्तामोडका मेयर संक्रमितको घर–घरमा

0
710

बिर्तामोड ।

झापाको विर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटी कोरोना संक्रमितको घर–घरमा पुग्दै आउनु भएको छ ।

नगरप्रुमख शिवाकोटी आफ्नो नगरभित्र कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसीरहेकाहरुको घर–घरमा चिकित्सकको टोली सहित औषधी लिएर पुग्दै आउनु भएको हो ।उहाँले सोमबार पनि वडा नम्बर १ र ४ का एक दर्जन भन्दा बढी कोरोना संक्रमितको घरमा पुगेर अवस्था बुझ्नुभयो ।

नगरपालिकाले संक्रमितहरुलाई औषधी,भिटामीन तथा अक्सिजनको व्यवस्था गरेकोले आवश्यक्ता अनुसार प्रदान गरिने नगरप्रमुख शिवकोटीले बताउनुभयो । उहाँले कोरोना संक्रमितको अवस्था अनुसार हस्पिटल पठाउने देखि औषधी,भिटामीन तथा बिपन्नहरुलाई पोषीलो खानेकुराको लागि नगद समेत वितरण गरेको जानकारी दिनुभयो ।

सोमबार कोरोना संक्रमितको घरमा पुग्ने टोलीमा नगरप्रमुख शिवाकोटी सहित वडानम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, नगरको कोभिड हस्पिटलका डा.मनिशा सुवेदी, फरान सिद्वीकी लगायत रहनु भएको थियो ।

कोरोना संक्रमितहरुको लागि नगरपालिकाले यस अघि नै ५ बेडको कोभीड हस्पिटल तथा ५० शैयाको अक्सिजन सहितको ओइसोलेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ । विर्तामोड नगरपालिकामा सोमबारसम्ममा कोरोना संक्रमित हुनेको संख्या एक हजार २६६ पुगेको छ भने १९ जनाले ज्यान गुमाएका छन् ।

बिहिबार पनि विर्तामोड ९ का विभिन्न क्षेत्रमा पुगेर अवस्था बुझने काम भएको बताइएको छ । बिर्तामोडको आइसोलसनमा १५ जना रहेका छन् । जसमा दुई जना डाक्टर सहित ७ जना स्वास्थ्यकर्मी खटाइएको छ ।

https://www.facebook.com/suryodayatelevision/videos/492993258684149

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here