माग्यो संघीय सरकारसँग अनुमती

0
923

मेचीनगर, कोभिड १९ को संक्रमण दर बढिरहेका बखत मेचीनगर नगरपालिकाले आफ्ना नगरवासीका लागि खोप ल्याउने तयारी गरेको छ । यसका लागि स्थानीय सरकार मेचीनगर नगरपालिकाले संघीय सरकारसंग अनुमती माग गरेको छ ।

स्थानीय तहले खोप किन्न पाउने ब्यवस्था संघीय सरकारले नीतिगत रुपमा नै गरिदिनु पर्ने भएकाले नगरपालिकाले संघीय सरकारसँग यस्तो माग गरेको हो । कोभिड १९ का कारण कुनै पनि नगरवासीले मृत्युवरण गर्न बाँध्य हुनु नपरोस भनेर नगरबासीको जीवन रक्षाका लागि नगरपालिकाले आफ्नै स्रोतबाट खोप किन्ने तयारी गरेको नगरप्रमुख विमल आचार्यको भनाई छ ।

नगरकार्यपालिकाको बैठकले कोभिड १९ बिरुद्धको खोप खरिद गर्ने निर्णय गरेको नगर प्रमुख आचार्यको भनाई छ । नगरपालिकाबाट पहिलो डोज लिएका धेरैले दोस्रो डोज लिन नपाएका कारण नगरपालिकाले आफैं खोप खरिद गर्न आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्ने समेत नगरप्रमुख आचार्यले बताउनुभयो ।

सरकारले खोप खरिद गरेर दिन नसक्ने अवस्था सिर्जना हुने हो भने नगरपालिका स्थानीय सरकार खोप खरिद गर्न तयार रहेको उहााँके भनाई छ । मेचीनगरमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएको छ भने अहिलेसम्म १५ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन ।

मेचीनगरमा दुईजनाको मृत्यु

कोरोना संक्रमणका कारण  मेचीनगरमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर— १० का ३९ वर्षका पुरुष र १३ को ५२ वर्षको पुरुष रहेको मेचीनगरका कोभिड नियन्त्रण कार्यदल संयोजक नविन बरालले जानकारी दिनुभयो ।

बरालका अनुसार मेचीनगर—१० का पुरुषको दमकस्थित लाइफलाईन अस्पतालबाट घर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो भने मेचीनगर— १३ पुरुषको पूर्णटुङ्ग बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचारकै क्रममा मृत्यु भएको हो । यो सहित नगरमा कोभिड १९ को दोस्रो लहर यता मेचीनगरमा मात्रै १५ जनाको कोभिड १९ संक्रमणकै कारण मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here