कनकाई नगरपालिकाका प्रमुख पोखरेलले अक्सिजन प्लान्ट निर्माणका लागि दिए १० लाख

0
828

विनोद सापकोटा/झिलझिले,

झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पाख्रेलले प्रस्तावित कनकाई अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि १० लाख प्रदान गरेका छन् ।

नेपालमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले आफुले पाउने पारिश्रमिकको रकम विपदका बेला प्रदान गर्ने नगर प्रमुख पोख्रेल संभवत पहिलो हुन् । १४ औ गणतन्त्र दिवसको अवसर पारेर कोरोनाका विरामीका लागि आवस्यक अक्सिजन प्लान निर्माण योजनाका लागि रकम दिन पाउँदा आफुलाई खुसी लागेको उनले बताए ।

कनकाई नगर प्रमुखमा निर्वाचित भएपछि हाल सम्मको आर्थिक सुविधाको सो रकम नगरपालिकाकी उप्रप्रमुख मन्जु प्रसाईलाई शनिवार उनले हस्तान्तरण गरे । नगर पालिकामा अक्सिजन प्लान्ट राख्नका लागि पत्रकारलाई जानकारी दिने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा पोख्रेलले एनआइसी एसिया बैकको चेकबाट रकम प्रदान गरेका थिए ।

कोभिडको माहामारीकै कारण सर्वसाधरणले अक्सिजनको अभावमा दिनहुँ ज्यान गुमाउन थालेपछि कनकाई नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो । नगर प्रमुख पोख्रेलले करिव २ करोडको लागत अनुमान गरिएको प्लान्ट ३ महिना भित्र साविकको प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा निर्माण भईसक्ने बताए । झापाका १५ स्थानीय तहमा अक्सिजन प्लान्ट स्थापना गर्ने कनकाई नगर जिल्लामा पहिलो हो ।

कनकाई नगरमा स्थापना हुन लागेको अक्सिजन प्लान्टबाट दैनिक ५० सिलिण्डर आपूर्ति गर्नसक्ने क्षमताको प्लान्ट निर्माण हुन लागेको नगर प्रमुख पोखरेलले बताए । ‘कनकाइ नगरमा अक्सिजन प्लान्ट निमार्णको निम्ति धेरै संघ–संस्थाहरू तयार छन्,’ नगर प्रमुख पोख्रेलले भने, ‘दाताबाट १ करोड संकलनको अपेक्षा गरेका छौ । बाँकी रकम नगरपालिकाले आयोजनाका लागि छुट्याएका तर खर्च हुन नसकेका बजेटबाट थपिने छ ।’‘सबै एकजुट भएर हातेमालो गरेर अगाडि बढेमा प्रस्तावित कनकाई अस्पतालमा अक्सिजन प्लान्ट राख्ने योजना तोकिएकै समयमा सफल हुन्छ,’ उनले भने ।

अक्सिजन प्लान्ट निर्माण गर्नका लागि स्थानीय दाता, सामाजिक संघ संस्थाले पनि प्रतिवद्धता जनाएका छन् ।् नगर प्रमुख पोख्रेलले भने,‘कतिपय दाताले सिलिण्डर र नगद प्रदान गर्न थालिसकेका छन् ।’

नगर उपप्रमुख मन्जु प्रसाईले कोरोनाको दोश्रो लहर सुरु भएयता नगरमा १ हजार २ सय १५ जनाको स्वाव संकलन गरिएको जानकारी दिइन् । त्यसमध्ये ३ सय ७४ संक्रमित भएका थिए । हाल सम्म १ सय २९ जना निको भएर घर फर्किएका छन् भने २ सय २९ जना होम आईसोलेनमा रहेका जानकारी दिईन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here