स्वास्थ्य सामग्री लिएर कमल गाँउपालिका– १ का वडाध्यक्ष संक्रमितको घर–घरमा

0
817

झापा ।

झापाको कमल गाउँपालिका–१ का वडाध्यक्ष केदार कटुवालले कोरोना संक्रमितको घर–घरमा पुगेर स्वास्थ्य वितरण गरेका छन् ।

आफनो वडामा होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई निजी खर्चमा औषधी तथा औषधीजन्य सामग्री वितरण गरेका हुन् । वडाध्यक्ष कटुवालले मल्टि भिटामिन पारासिटामोल, जिंक , सेनिटाइजर र मास्क निशुल्क वितरण गरेका हुन् ।

उक्त वडामा १७ जना संक्रमित रहेका छन् । संक्रमितहरुको घर घरमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै वडाध्यक्ष कटुवालले ति सामाग्री वितरण गरेका थिए । उनले यो क्रमलाई निरन्तरता दिने जनाएका छन् ।

कतिपय जनप्रतिनिधिहरुले सरकारी बजेटको समेत दुरुपयोग गरिरहेका खबरहरु बाहिर आइरहँदा वडाध्यक्ष कटुवालको यो प्रयास प्रशंसनिय भन्दै स्थानीयले खुशी ब्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here