पूर्वका अस्पताल चर्हादा-चर्हादै संक्रमितको मृत्यु

0
1103

विनोद सापकोटा
झापा ।

प्रतिकात्मक तस्वीर ।

पूर्वका झापा, मोरङ्ग र सुनसरीका ठूला अस्पतालले उपचार गर्न नमानेपछि ४२ वर्षीया सक्रमित महिलाको आईतबार ज्यान गएको छ ।

दमक नगरपालिका–७ संरक्षणटोलकी सोनु तिरुवा श्रेष्ठको उपचार नपाएर ज्यान गएको हो । शनिवार दिउँसो एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । तर, स्वास्थ्य अवस्था सामान्य रहको भन्दै अस्पतालले ईलामको चुलाचुली ४ मा रहेको अस्थाई कोभिड अस्पतालमा लैजान सल्लाह दिएको थियो ।

अस्पताललको सल्लाह अनुसार हामीले चुलाचुलीको अस्थाई कोभिड अस्पताल ल्यायौ । आईतवार राति स्वास्थ्यमा समस्या जटिल बनेपछि राती १ बजे एमुलेन्सबाट दमकको एड्भानस अस्पताल ल्याइएको थियो । अस्पतालसम्म आउँदा उनको स्वास्थ्य अवस्था सामान्य नै थियो ।

शनिवार विहान पीसीआरको रिपोर्ट पोजेटिभ आएपछि खतरा नमोल्नका लागि अस्पताल ल्याइएकोे उनका दाजु हर्क तिरुवाले बताए ।

‘हामिले सुरुमा बिरामीलाई दमकको एडभान्स अस्पताल ल्याएका थियौ । छ घन्टा पछिविरामीको स्वास प्रश्वासमा समस्या आएको भन्दै अस्पताल प्रशासनले भेन्टिलेटर सहितको अस्पताल लैजान हामीलाई अनुरोध गर्यो,’ तिरुवाले भने । ‘एडभान्स अस्पतालले यहाँ उपचार नहुने भन्दै अन्यत्र लैजान भनेपछि हामीले झापा, मोरङ र सुनसरीका सुविधा सम्पन्न अस्पतालमा फोन गर्न थाल्यौ ।’

‘विराटनगनरको नोवेल, विराट र कोशी अस्पतालमा अनुनय विनय गर्यौ । हामीलाई सवै अस्पताले आईसियु र भेन्टिलेटर प्याक भएको जानकारी गराए । धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कुरा गर्यौ । त्यहाँपनि मोरङ्गको जस्तै जवाफ दिए ।’

‘त्यसपछि हामिले दमककै लाईफलाईन र आम्दा अस्पतालमा प्रयास गर्यौ । ती दुई अस्पतालले उपचार गर्न नसकिने बताएपछि हामीले फोन विर्तामोड तीर घुमाउने प्रयास गरेका थियौं,’ तिरुवाले भने । ‘तर, एडभान्स अस्पतालका डाक्टरले विर्तासिटिमा भेन्टिलेटर खालिभएको जानकारी दिए । हामीले हतार हतार एडभान्सबाट सिकिस्त अवस्थाकी विरामी वहिनीलाई विर्तासिटि पुर्यायौ ।’

विर्तासिटी अस्पतालले हामीलाई कुनै रेस्पोन्सनै गरेन । एडभान्सका डाक्टरले विर्तासिटीमा भेन्टिलेटर खालि छ भन्दै हामीलाई पठाएको भन्यौ,’ श्रेष्ठले भने ‘सो अस्पतालले ३ दिन देखि भेन्लिेटर र आईसीयु प्याक भएको बताएपछि हामी रनभुल्लमा पर्र्यो ।’ कुनै हातलमा विरामीको उपचार गर्ने कक्ष नभएको बताएपछि हामीले एमुलेन्सबाट विरामी नउतारी विएण्सी अस्पताल लग्यौं । त्यहाँपनि उपचार गर्न अस्पतालले पटक्कै मानेन । विरामीे एमुलेन्सबाट उतार्ननै दिएन ।

‘अस्पताल चहार्दा चहार्दे दिन वित्न लागेपछि फेरी हामीले एडभान्सनै ल्यायौं । त्यहाँ आईपुग्दा वहिनी निकै सिकीत भइसकेकी थिइन् श्रेष्ठले भने एकैछिन पछि उनको इहलीला समाप्त भएको खवर आयो ।’

वहिनीलाई बचाउनका लागि हामी दौडेको दौडे गर्र्यो । जति पैसा लाग्थ्यो तिर्ने गरी हामी विएण्सी अस्पताल गएका थिर्यो । एमुलेन्सबाट सुरक्षा गार्डले विरामी उतार्ने दिएन । यति धेरै अस्पताल चहार्दा पनि उपचार नपाएपछि दिउसो १२ बजे बहिनीको मृत्यु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here