एक सय ६५ केजी गाँजा सहित एक जना पक्राउ

0
958

सुनसरी ।

सुनसरीको कोशी गाँऊपालिका–८ भाण्टाबारी स्थित पूर्व–पश्चिम राजमार्गबाट एक सय ६५ केजी गाँजा सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही स्थानका ४० बर्षीय गणेश यादव रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले राजमार्गको दक्षिण पानीटंकी नजिक प्लाष्टिकले बेरिएको अबस्थामा ६ बोरा तयारी लागूऔषध गाँजा सहित यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादव विरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ वमोजिम म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here