झापा जिल्ला सहकारी संघले दियो अक्सिजन वैंकका लागि पाँच लाख

0
1207

बिर्तामोड।
एक का लागि एक अभियानले स्थापना गरेको अक्सिजन बैंकका लागि झापा जिल्ला सहकारी संघले पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
बुधवार अक्सिजन बैंक उद्घाटनको अवसरमा संघले उक्त रकमको चेक प्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक बिनोद बस्नेतलाई संघका अध्यक्ष गणेश ढकाल, सचिव भवानीप्रसाद दंगाल लगायतको टोलीले उक्त रकमको चेक प्रदान गरेको छ ।
झापा जिल्ला सहकारी संघ एक का लागि एक अभियानको साझेदार संस्थाको रुपमा रहेको छ । सोही अवसरमा संघका अध्यक्ष ढकाल र सचिव दंगालले आफ्नो व्यक्तिगत तर्फबाट एक/एकवटा अक्सिजन सिलिण्डर बराबरको रकम सहयोग हस्तान्तरण गरेका छन् ।

तस्वीरः बिनोद पाण्डे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here