पूर्वमहालेखा परीक्षक अधिकारीको निधन

0
860

काठमाडौँ, 

पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ ।

निजामती सेवामा लामो अनुभव हासिल गर्नुभएका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि हुनुभएको थियो ।

उहाँले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेख्नुभएको छ । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here