अर्जुनधारा । 
अर्जुनधारा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा अम्विकाप्रसाद चम्लागाँई आएका छन् ।
प्रदेश नं. १को सामाजिक विकास मन्त्रालयमा उपसचिवको पदमा रहेका चम्लागाईले बुधवारबाट अर्जुनधारा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हालेका हुन् ।
कोरोना भाइरस संक्रमणबाट करिव एक महिना अघि प्रमुख प्रशासकीय अधिकृत मेहेन्द्रकुमार खाम्याहाङको मृत्यु भएपछि रिक्त रहेको पदमा चम्लागाँई आएका हुन् ।
चम्लागाँईलाई नगरपालिकाका प्रमुख हरिकुमार राना र उपप्रमुख कमला खतिवडा, र नगरपालिकाका कर्मचारीले स्वागत गरेका थिए ।






























