वर्षका कारण पूर्वको जनजीवन प्रभावित, नदीमा बाढी आउन सक्ने भन्दै सचेत बन्न आग्रह

0
535

झापा ।

तराईका जिल्लामा डुवानमा परेका घरहरु ।

अबिरल रुपमा परेको वर्षाका कारण पूर्वको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण प्रदेश–१ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा र प्रदेश–२ का जिल्लामा अहिले पानी परिरहेको छ ।

कोशी र यसका सहायक नदीहरुमा पानीको बहाव बढ्दै गएको संवन्धित जिल्लाका अधिकारीहरुले बताएका छन् । नदी तटीय क्षेत्रमा बस्नेहरुले विशेष सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

जलतथा मौसम पूर्वानुमान महाशाखाका अनुसार झापकाका मेची, कनकाई, रतुवा लगायतका नदीहरुमा बाढी आउन सक्ने भन्दै सचेत बन्न आग्रह गरेको छ । दक्षिणी तथा होचो भाग डुबानमा पर्न सकने भन्दै सचेत बन्न आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here