वाइसिएल केराबारीद्वारा जनश्रमदान, ५ किलोमिटर क्षेत्रको पहिरो हटाइने

0
631

केराबारी ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को अगुवाइमा मोरङ केराबारीमा वृहत सडक सरसफाइको काम सुरु गरिएको छ ।

खोर्साने–केराबारी–भोगटेनी–सिंहदेवी (खोकेभोसिं) सडक खण्डको ५ किलोमिटर क्षेत्रमा खसेको पहिरो हटाउने काममा वाइसिएल लागेको हो । बुधबारदेखि सुरु भएको सडक सफाइको काम एक हप्तासम्म चल्ने केराबारीका वाइसिएल इन्चार्ज खगेन्द्र सुवेदीले जानकारी दिए ।

सडक सफाइमा वाइसिएलमा आबद्ध ५० भन्दा बढी युवाहरुले निःशुल्क काम गरिरहेका छन् । जनश्रमदान कार्यक्रम उदारणीय र उर्जाशीर रहेको सो क्षेत्रका सांसद तथा माओवादी नेता कुशल लिम्बूले बताए ।

सडक सफाइ अभियानमा नेता लिम्बूसहित, माओवादी केन्द्र केराबारी गाउँपालिका अध्यक्ष राम कार्की, वाइसिएल मोरङका उपाध्यक्ष राजिव लिम्बू, ,सचिव नबिन गुरुङ, सह–सचिव योगेन लिम्बू, उर्लाबारी नगरका वाइसिएलका नेताहरु देबेन्द्र खड्का, हरिस चन्द्र दुलाल, अनिल साहुलगायतको सहभागीता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here