काठमाडौं,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवस कम्युनिष्ट पार्टीहरुले विशेष कार्यक्रम गरी मनाउँदैछन्।
नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बिहान श्रद्धाञ्जली कार्यक्रम गरेको छ। कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरुहरुले कर्मचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
२००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने नेताहरुमा कर्माचार्य एक थिए। कम्युनिष्ट पार्टी गठनपछि उनी मजदुर संगठनका पनि संस्थापक अध्यक्ष भए। कम्युनिष्ट आन्दोलनमा निरन्तर लागि परेका उनी जीवनको अन्तिम क्षणसम्म पनि सक्रिय रही तत्कालीन एकीकृत नेकपा माओवादीको संरक्षक रहेका थिए।
नरबहादुरको जन्म विक्रम सम्बत १९८१ कात्तिक १४ गते ललितपुरमा भएको थियो। उनको ८९ वर्षको उमेरमा २०७० साउन ९ गते निधन भएको थियो।

























