बिर्तामोडका मेयर शिवाकोटीद्वारा विवेकाश्रमलाई नगद सहयोग

0
585

झापा ।

झापाको बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बिर्तामोड २ चारपानेमा रहेको साङ्गवेद संस्कृत माध्यमिक विद्यालय विवेकाश्रमलाई नगद सहयोग हस्तान्तरण गरेका छन् ।

नगरप्रमुख शिवाकोटीले आश्रमका कोषाध्यक्ष जगन्नाथ भण्डारीलाई ९६ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । नगरप्रमुख शिवाकोटीले आफु नगरपालिकामा जितेर आएपछि साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका लागि आफ्नो पारिश्रमिकबाट प्रत्येक वर्ष सहयोग गर्दै आएको बताए ।

उनले प्रदेश १ का विभिन्न जिल्लाबाट संस्कृत शिक्षा आर्जनका लागि आउने अतिविपन्न वर्गका विद्यार्थीहरुलाई खान बस्नको लागि समस्या हुने गरेकाकारण यो सहयोग अपरीहार्य रहेको बताए । विवेकाश्रमका महासचिव तथा साङ्गवेद संस्कृत माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष आचार्य छन्दुराम भण्डारीले बिर्तामोड नगरपालिकाबाट सहयोग पाइरहेकोले आफुहरु सन्तुष्ट रहेको बताए ।

संस्कृत विद्यालय नगरको गहनाको रुपमा रहको भन्दै उनले नगरप्रमख शिवाकोटीले गर्दै आएको सहयोगले आफुहरुलाई उर्जा थपेको बताए । २०२८ सालमा स्थापना भएको साङ्गवेद संस्कृत माध्यमिक विद्यालय विवेकाश्रममा दुई सय जना विद्यार्थी आवसीयरुपमा अध्यनरत रहेको प्रधानाध्यापक दामोदर न्यौपानेले बताए ।

कक्षा १२ सम्म पढाई हुने यस विद्यालयमा विद्यार्थीहरुको लागि विभिन्न क्षेत्रबाट सहयोग जुटाउने गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here