करको दर एक महिना अघिदेखि नै लागू हुने

0
362

logo-of-purwanchal

काठमाडौं, जेठ १६ । सरकारले आगामी वर्षका लागि ल्याउने नयां करका दर एक महिना अघिदेखि नै लागू गर्ने भएको छ ।

सरकारले झण्डै ६ खर्बको बजेट जेठको अन्तिम हप्ता ल्याउदैछ । बजेट साउन १ गतेदेखि मात्रै लागू हुने भएपनि बजेटमा परिवर्तन हुने करका दर भने बजेट घोषणा भएकै दिनदेखि लागू हुने अर्थमन्त्रालयले जनाएको छ ।

आयकर र भ्याटमा परिवर्तन नहुने भएपनि भन्सारका दर र अन्तःशुल्कका दरमा केही परिवर्तन हुने भएकोले नया करका दर ‘आजकै मितिदेखि लागू हुने छन्’ भनेर बजेटमा लेखिने अर्थसचिव युवराज भुषालले जानकारी दिए ।

नया करका दर सार्वजनिक भएपछि बजारमा चलखेल हुने भएकोले घोषणा भएकै दिनदेखि लागू हुने उनले बताए । यसअघि पनि बजेट आउदा करका दर त्यसै दिनदेखि लागू गर्ने अभ्यास रहेकोले यसपटक पनि यस्तै गर्न लागिएको उनले जानकारी दिए ।

अर्थमन्त्रालय राजस्व महाशाखा प्रमुख राजन खनालले भन्सार र अन्तशुल्कमा पनि बजेट सार्वजनिक भएकै दिनदेखि लागू हुने र साउन १ गतेदेखि लागू हुने गरी बस्तु छुट्याएर दुई प्रकारको ब्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here