दुहागढी ।

दुहागढी साना किसान सहकारी संस्थाको नव निर्मित कार्यालय भवनको सोमबार उद्घाटन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले नवनिर्मित भवनको उद्घाटन गरेका थिए ।
कार्यालय र स्टोर सहितको चार कोठे पक्की भवन २७ लाखको लागतमा निर्माण सम्पन्न भएको संस्थाका ब्यवस्थापक लक्ष्मी घिमिरेले जानकारी दिएका छन् ।
कार्यक्रममा मेचीनगर १४ का वडाअध्यक्ष शंकर प्रसाद पोखरेल, कार्यपालिका सदस्य विन्दा प्रसाई, बाल सुबोधिनी मा.वि. का प्रधानाध्यापक विश्व थापा, साना किसान वित्तीय संस्थाका इलाका प्रबन्धक सुवास गौतम, ब्यवसाय प्रबद्र्धन अधिकृत तीर्थराज ओझा लगायतले मन्तब्य राखेका थिए ।
संस्थाका अध्यक्ष हरि प्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत दुर्गा देवी न्यौपानेले गरेकी थिइन् ।































