दुहागढी ।

झापा मेचीनगर १३ दुहागढी स्थित शान्ती प्राथमिक विद्यालयकी सेवा निवृत प्रधानाध्यापक कमला लुइटेललाई सम्मान सहित विदाइ गरिएको छ ।
सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच सेवा निवृत प्रअ लुइटेललाई कार्यक्रमका प्रमुख अतिथी मेचीनगर १३ का वडा अध्यक्ष कृष्णराज सिग्देल र विशिष्ट अतिथी बाल सुवोधिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक विश्व थापाले संयुक्त रुपमा सम्मान पत्र र मायाको चिनो प्रदान गरि सम्मान गरेका थिए ।
विगत २९ वर्षदेखी सो विद्यालयको प्रअको रुपमा कार्यरत लुइटेलको उमेर हदका कारण अनिवार्य अवकास भएको थियो । कार्यक्रममा ब्यवस्थापन समितिका सदस्य टिका पौडेल, पूर्व विद्यार्थी भोला मिश्र, जग्गादाता यमुना रिजाल, पूर्व ब्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र सिग्देल, समाजसेवीहरु भुपेन्द्र पौडेल, विश्वनाथ धिताल लगायतले मन्तब्य राख्दै सेवा निवृत प्रअ लुइटेलले विद्यालयको विकासमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
सोहि कार्यक्रमका विच नवनियुक्त प्रधानाध्यापक टेक प्रसाद भारतीलाई स्वागत समेत गरिएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पर्शुराम सिं राजवंशीको सभापतित्व तथा शिक्षिका सीता कडरियाले सन्चालन गरेको कार्यक्रममा स्वागत निर्मला राजवंशीले गरेकी थिइन् ।































