इलाम । 
जिल्ला समन्वय समिति इलामका सदस्य चन्द्र मगरको कोरोनाको कारण निधन भएको छ ।
रोङ गाउपालिका–५ बहुबन स्थायी ठेगाना भएका मगरको आज बिहानको राती निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि झापाको बिर्तामोड स्थीत बी एण्ड सी अस्पताल भर्ना गरिएको थियो ।
समन्वय सदस्य मगरको उपचारकै क्रममा निधन भएको रोङ गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष युवराज खाप्तुवाले जानकारी दिनुभयो । २०७४ सालको स्थानीय निर्बाचनमा रोङ गाउपालिका वडा नम्बर ५ को वडा सदस्यमा उहा निर्बाचित हुनु भएको थियो ।
निर्बाचन पछि जिल्ला सबन्वय समितिको सदस्य पदमा उम्मेद्वार भइ सदस्य पदमा निर्बाचित हुन भएपछि उहा जिल्ला समन्वय समिति इलामका सदस्य हुनु भएको हो । स्वगीय मगरको एक श्रीमती एक छोरा र एक छोरी रहेका छन् ।






























