अर्जुनधारा ।

सहारा नेपाल साकोस लिमिटेड शनिश्चरे सेवा केन्द्रले आइतबार एक कार्यक्रमकोबीच सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
केन्द्र सहयोग समितिका संयोजक शंकर सुवेदीको अध्यक्षता र अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ३८ जनालाई उक्त भत्ता वितरण गरिएको हो ।
केन्द्र प्रमुख दिपक ओलीका अनुसार एकल महिला अन्र्तगत ३३ जनालाई जनही आठ हजार रुपैयाँका दरले, एकल पुरुष अन्र्तगत २ जनालाई जनही छ हजार रुपैयाँका दरले, ज्येष्ठ पोषण अन्र्तगत १ जनालाई छ हजार रुपैयाँ र स्मृति अन्र्तगत २ जनालाई जनही २५ हजार रुपैयाँका दरले रकम वितरण गरिएको बताइएको छ ।
सहभागी लाभग्राहीमध्ये सरस्वती सिटौला गोलेलगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा नगर कार्यपालिका सदस्य रमेश तिखत्री, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीलगायतको आतिथ्यता रहेको थियो ।
केन्द्र प्रमुख ओलीले कार्यक्रमको औचित्यसहित स्वागत गरेको कार्यक्रमको सञ्चालन समितिका सदस्य छविलाल शिवाकोटीले गरेका थिए ।






























