सुनसरी।
सुनसरीको धरान उपमहानगरपालिका २ स्थितबाट स्रोत नखुलेको र बिल भरपाई बिनाको सुन र नगद सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान १५ सगरमाथा लाईन का ४८ बर्षीय राम बहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका २ का ३४ बर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बिल भरपाई बिनाको ५ वटा सुनको चुरा २८५.३२० ग्राम र नगद १८ लाख सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।































