होक्सेमा आँखा र मानसिक तथा नसा स्वास्थ्य शिविर

0
532

झापा ।

झापाको बुद्धशान्ति १ होक्सेमा एकदिने निःशुल्क आँखा र मानसिक तथा नसा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा २ सय ५० जनाले आँखा र ५० जनाले मानसिक तथा नसा स्वास्थ्य जाँच तथा उपचार सेवा लिएका छन् । शिविरमा दुई जनाले आँखा दान गर्ने सूचीमा नाम दर्ता गराएका छन् ।

मेची नेत्रालय आँखा अस्पताल काँकरभिट्टाका डा.चन्द्रनारायण राजबंंशी नेतृत्वको चिकित्सक टोलीले आँखा सम्बन्धी र डा.अश्विन दवाडी र पूर्व स्वास्थ्य सेवा अधिकृत हेमन्तराज दवाडीले मानसिक तथा नसा स्वास्थ्य सम्बन्धी स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान गरेका छन् ।

डा.राजबंशीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको शिविर सत्य साई केन्द्र बुधबारेको आयोजना, मेची नेत्रालय आँखा अस्पताल काकरभिट्टाको प्राविधिक सहयोग र आनन्देश्वर शिवालय मन्दिर होक्सेको प्रायोजनमा मन्दिर परिसरमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । उद्घाटनको अवसरमा आँखा अस्पताल काकरभिट्टाका सुपरभाइजर जयप्रकाश पोखरेलले आँखा सम्बन्धी र आयोजकका तर्पmबाट सत्य साई केन्द्र केन्द्रिय परिषद सदस्य भीम निरौलाले आँखा दान सम्बन्धी मन्तव्य राखेका थिए । कार्यक्रममा अग्रज सामाजिक व्यक्तित्व दिनानाथ ढकालको आतिथ्य रहेको थियो ।

आनन्देश्वर शिवालय मन्दिर होक्सेका सल्लाहकार संजोजक तथा सामाजिक व्यक्तित्व खड्ग बरालबाट शिविरमा बुद्धशान्ति गाउँपालिका वडा नं १ का बासिन्दाहरुको उत्साहजनक सहभागिता रहेको रहेको थियो । सत्य साई केन्द्र केन्द्रिय परिषद सदस्य निरौलाबाट मन्दिर संस्थाहरुले आफ्ना सेवा क्षेत्रमा धर्म सँस्कृतिमात्र नभएर स्वास्थ्य सम्बन्धी सेवा पनि प्रवाह गरी मानवीय सेवा गर्न सक्ने विचार व्यक्त गर्नुभयो ।

शिविरमा नेपाल रेडक्रस सोसाइटी शाखा बुधबारेका सभापति सीता निरौला र ज्येष्ठ नागरिक गाउँ समिति बुद्धशान्तिका उपाध्यक्ष रुक्मिनी पाठकले स्वयम्सेवी भूमिका निभाएका छन् ।

शिविर समापनका अवसरमा मेची नेत्रालय आँखा अस्पताल काकरभिट्टालाई सम्मान पत्र र चिकित्सक टोलीका सबैलाई मायाको चिनो प्रदान गरियो । शिविर प्रायोजक आनन्देश्वर शिवालय मन्दिर होक्सेका अध्यक्ष पहलमान बरालबाट स्वास्थ्य शिविर आयोजनाले स्थानीयलाई आफ्नै गाउँठाउँमा निःशुल्क, सहज स्वास्थ्य जाँच, उपचार र भरपर्दो परामर्श सेवा उपलब्ध हुने विचार राख्दै शिविरमा स्वास्थ्य सेवा प्रदान गर्नुहुने चिकित्सहरु, स्वयम्सेवकहरु र शिविरमा उपस्थित भई स्वास्थ्य जाँच तथा उपचार सेवा लिनुहुने सबैलाई धन्यवाद दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here