संखुवासभा।

संखुवासभाको पाँचखपन नगरपालिका–५ खमारेकाट ५६ वर्षीय रामबहादुर राईलाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले बिशेष सुचनाको आधारमा राईको घरमा खानतलासी गर्दा गोठमा परालले छोपि लुकाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको हो ।
पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।






























