लागूऔषध सहित एक जना पक्राउ

0
702

मोरङ।

मोरङको विराटनगर महानगरपालिका १५ बाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी धरान उप–महानगरपालिका १५ का २१ बर्षीय बिशाल खड्का रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लुपिजेसिक २० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल २० एम्पुल, फेनारगन १० एम्पुल , डाईजोपाम १० एम्पुल, नाईट्रोसन ३० ट्याब्लेट सहित पक्राउ गरेको हो ।

पक्राउ परेका खड्काको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here