सुनसरी।

सुनसरीको इटहरी उप-महानगपालिका–९ स्थित रिभरसाईड होटल एण्ड लजबाट बेश्याबृत्ति गराउने कार्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ईटहरी ४ का ३६ वर्षीय गौतम लेप्चा र संखुवासभाको नुम गाँउपालिका ५ का २० वर्षीय मिनराज पराजुली रहेका छन् । मंसिर २८ गते रिभरसाईड होटल एण्ड लजमा बेश्याबृत्ति गर्ने गराउने कार्य भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले पिडितलाई उद्वार गरेको छ ।
बेश्याबृत्ति गर्ने गराउने लेप्चा र पराजुली दुवै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धानभइरहेको प्रहरीले जनाएको छ ।






























