अर्जुनधाराका २०३ परिवारको स्वास्थ्य विमा

0
663

 

बिर्तामोड , झापाको अर्जुनधारा नगरपालिकाका दुई सयबढी परिवारले निःशुल्क स्वास्थ्य विमा सुविधा पाएका छन् । बिर्तामोडस्थित बिएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले उनीहरुको निःशुल्क विमा गरिदिएका हुन ।

सोमबार अर्जुनधारा नगरपालिकाको कैदले पर्यापर्यटन क्षेत्र अन्तर्गत श्री सर्वेश्वर शिव पाञ्चायन मन्दिर परिसरमा आयोजित एक कार्यक्रमका बिच निर्देशक प्रसाईले अर्जुनधारा नगरपालिका वडा नम्बर १,२ र ३ का विपन्न २०३ परिवारको स्वास्थ्य विमा गरिदिएका हुन ।

एक लाख रुपैँयासम्मको सुविधा प्राप्त हुने स्वास्थ्य बिमा सुविधाबाट बञ्चित ती परिवारको बिमा बापत लाग्ने तीन हजार पाँच सय रुपैँया प्रति परिवारका दरले हुन आउने सात लाख बढी रकम आफूले तिरिदिएर विमा सुविधा उपलब्ध गराउने प्रसाईले बताए । प्रसाईले आर्थिक अभावकै कारण कसैले स्वास्थ्य उपचारबाट बञ्चित हुन नपरोस भन्ने उद्धेश्यले आफूले विमा गरिदिएको बताए । कार्यक्रममा बोल्दै प्रसाईले हामी सुन्दर देशमा बस्ने नेपालीहरु गरिब नभएको बताए । मानिस गरीब नभएर सोँच मात्र गरिब भएको प्रसाईको भनाई छ ।

उनले दिएर खान पुगोस मागेर खान नपरोस भन्दै कामना गर्ने गरेको सुनाए । उनले सो क्षेत्रका बासिन्दालाई भोकै नबस्न आग्रह गर्दै खानै नपाउने अवस्था आए आफूकहाँ आउन आग्रह गरे । ‘तपाईहरु भोकै बस्नु पर्दैन, त्यस्तै अवस्था आए म कहाँ आउनुहोस,’ उनले भने,‘तपाइहरुको छोराछोरीको विहे गर्न १०र२० हजार खर्चले अप्ठ्यारो पर्यो भने आउनुहोस म दिन्छु ।’

कार्यक्रममा कार्यकारी निर्देशक प्रसाईले प्रतिनिधिमुलक रुपमा मानबहादुर दर्जी आइतमाया लिम्बू, देउबहादुर बराइली, रेश्मा केरुङ, मनमाया लिम्बू र रुद्र गजमेरलाई विमा कार्ड वितरण गरेका थिए ।

आर्थिक अभावका कारण सिटामोलसम्म किनेर खान नसक्ने अवस्थाका अति विपन्न परिवारलाई अस्पतालको सामाजिक उत्तरदायित्वअन्तरगत स्वास्थ्य बिमा गराइदिएको कार्यकारी निर्देशक प्रसाईको भनाइ थियो ।

सिटामोलको अभावमा कसैको ज्यान नजाओस् भनेर बिमा कार्यक्रम अघि सारिएको बताउँदै उनले स्वास्थ्य बिमाको कार्ड लिएर गरिब समुदायको व्यक्ति आउने नगरेको अनुभव सुनाए । लाखौँको गाडी चढेर स्वास्थ्य बिमाबाट उपचार गर्न आउनेको संख्या अधिक रहेको उनले सुनाए ।

उनका अनुसार छिमेकी जिल्ला इलामको माई नगरपालिकाको थाक्लेमा पनि दुई सय परिवार गरि हालसम्ममा ४ सय ३ जनाको विमा गरिएको छ ।

अभियान नेपालको सहजीकरणमा बिमा कार्ड वितरण गरिएको थियो । अभियानकै पहलमा बाँकी परिवारका लागि स्वास्थ्य बिमा गरिने अभियान नेपालका अध्यक्ष लोकमान श्रेष्ठले बताए ।

कार्यक्रममा संविधानसभा सदस्य प्रेम गिरीले स्वास्थ्य र शिक्षाको क्षेत्रमा उल्लेखनीय सेवा गरेको भन्दै बिएण्डसी अस्पताल र कार्यकारी निर्देशक प्रसाईको सामाजिक कार्यको प्रशंसा गरे ।

सोही अवसरमा कार्यकारी निर्देशक प्रसाईले स्थानीय श्री सर्वेश्वर शिव पाञ्चायन मन्दिरमा ८र८ फिट अग्लो शिव र दुर्गाको मूर्ति स्थापना गरिदिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । प्रसाईद्वारा आउने चैते दसैँको अवसरमा एक पुराणको आयोजना गरी मूर्तिको प्राण प्रतिष्ठा गरि हस्तान्तरण गरिने भएको छ ।

परिवेश मिडियाबामट साभार गरिएको सामग्री हो यो ।  http://paribeshmedia.com/news/1640001863?fbclid=IwAR3P5ffouGy5qCYsmR3eK9OOfKPEz3u0JdA8346RNqse4WFskPZKJihtGJ8

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here