अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिता पुस १० गतेबाट

0
713

बिर्तामोड, प्राविधिक कारणले यही पुस ८ गतेदेखि हुने भनिएको तमु ल्होसार गोल्डकप  अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिता पुस १० गतेबाट हुने भएको छ ।
आयोजक बिर्तामोड फुटबल क्लबका अनुसार उद्घाटनको दिन आयोजक र भारत कालिम्पोङको श्री फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, दोस्रो दिन मोरङ पथरी शनिश्चरे महिला फुटबल क्लबले भारत सिलिगुडीको रोयल स्पोर्टिङ फुटबल क्लबको सामना गर्नेछ ।
पुस १२ गते उद्घाटन खेलको विजेतासँग धरान महिला फुटबल क्लब सुनसरीले खेल्नेछ । पुस १३ गते दोस्रो दिनको विजेतासँग पाँचथरको श्री सिंह सिद्धदेवी ङोलो क्लब भिड्नेछ । प्रतियोगितको फाइनल खेल तमु ल्होसरको दिन पुस १५ गते हुने अध्यक्ष डिके गुरुङले बताए ।
प्रतियोगिता डोमालाल राजवंशी रंगशालामा हुनेछ । दोस्रो संस्करणको प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले ५१ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा २०७६ सालबाट प्रतियोगिता आयोजना हुँदै आएको छ । गत वर्ष भने कोभिडका कारण भएको लकडाउनले खेल प्रभावित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here