पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरपालिका कृषि तथा पशुपंछी शाखाले अनुदानका लागि पेश भएका प्रस्तावहरुको स्थलगत अनुगमन शुरु गरेको छ ।
उक्त शाखाले आज बुधबार वडा नं- ६ बाट भेरिफिकेशन शुरु गरेको हो । अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, आर्थिक विकास समिति संयोजक यामप्रसाद गुरागाई, कृषि शाखा प्रमुख सावित्रा कार्की, पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दाहाल र वडा अध्यक्ष जयबहादुर तामाङ संलग्न रहनु भएको थियो ।
दूध दुहुने मेसिन, च्यापकटर मेसिन, प्लाष्टिक टनेल, माछापोखरी लगायत दाना पिस्ने मेसिन माग गरी वडा नं- ६ बाट पेश भएका आवेदनमाथिको अनुगमन तथा फिल्ड भेरिफिकेशन गरिएको हो ।






























