बिर्तामोड । 
हिमाल सुरक्षा परिषद नेपालले हिन्दू धर्म विरोधी समाचार प्रकाशन तथा प्रशारण नगर्न सञ्चारमाध्यमहरुलाई चेतावनी दिएको छ ।
परिषद्ले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी केही सञ्चारमाध्यमले पैसाको प्रलोभनमा परी देशको मौलिक धर्म–संस्कार र संस्कृतिको अपब्याख्या गर्दै विदेशी धर्म प्रचार गरेको भन्दै उक्त प्रचार तत्काल बन्द गर्न आग्रह गरेको छ ।
हिमाल सुरक्षा परिषद नेपालका मेची अञ्चल कमिटी इञ्चार्जले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ– राष्ट्र र धर्म हित विपरीतका कार्य गरेमा हाम्रो संगठन कारवाही गर्न बाध्य हुनेछ र यसको जिम्मेवार स्वयम् त्यस्ता कार्य गर्ने सञ्चारमाध्यम नै हुनेछ ।
सञ्चारमाध्यमलाई चेतावनीशैलीमा लेखिएको विज्ञप्तिमा धर्म र देशको मौलिकतालाई प्राथमिकता दिन आग्रह गरिएको छ ।





























