पथरीशनिश्चरेमा एमाले निकट अनेम संघको ८ नं वडा कमिटी गठन

0
534

पथरीशनिश्चरे,

नेकपा- एमालेको अखिल नेपाल महिला संघ पथरीशनिश्चरे वडा-८ कमिटी चयन भएको छ ।

शनिबार भएको विस्तारित बैंठकले शान्ता मगर योङहाङको अध्यक्षतामा ३१ सदस्य कमिटी चयन गरेको हो । नवगठित कमिटीको उपाध्यक्ष गोमा कार्की, सचिव रिना गुरुङ, उप–सचिवमा अन्जु माझी र लिलादेवी कटुवाल चयन हुनुभएको छ ।

यसैगरी, सदस्यहरुमा अमृता घतानी, सुजता लिम्बु, जानुका कार्की, शान्ताकला राई, बालकुमारी मगर, लक्ष्मी उप्रेती, शारदा भुजेल, पञ्चमाया लिम्बु, इन्द्रकुमारी राई, टिका माझी, कमला शेर्पा, सुनिता तामाङ, टंकमाया लिम्बु, तिला तिम्सिना, कुमारी पराजुली, विमला लावती, सुस्मिता लिम्बु, लक्ष्मी कटुवाल, सर्मिला राई, निषा लिम्बु, लिला दाहाल, असारी राई, देवी दाहाल, प्रतिमा याख्खा, अनु आङदेम्वे, अन्सा चौधरी चयन हुनुभएको हो ।

कार्यक्रमका प्रमुख अथिति अनेम संंघ प्रदेश नम्बर १ कमिटी सदस्य, नेकपा एमाले मोरङ जिल्ला सदस्य तथा नगर उप–प्रमुख यमुना बिष्ट बास्तोलाले नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनुका साथै बधाई तथा शुभकामना दिनु भएको थियो।

प्रमुख अतिथिको तर्फबाट उहाँले ‘जहिल्यै पनि महिलाहरुको हक हितमा आवाज उठाउनुहोस् तर्पाहरुको साथमा म जनप्रतिनिधि रहँदा होस्, या नरहँदा होस् सधैं हजुरहरुको आवाज बन्नेछु । भन्नु भयो ।

कार्यक्रममा संघका मोरङ जिल्ला सदस्य सरस्वती चौधरी, नेकपा एमाले क्षेत्रीय सदस्य प्रकाशबहादुर कार्की, नेकपा एमाले पथरीशनिश्चरे नगर सचिवालय सदस्य बाबुराम चौधरी र गिता वि.क., नेकपा एमाले नगर सदस्य कुलबाहादुर विष्ट, नेकपा एमाले ८ नम्बर वडा कमिटी अध्यक्ष नविन कार्की, नेकपा एमाले ८ नम्बर वडा कमिटी सचिव पुष्प पौडेल, अनेम संघ जिल्ला सदस्य एवम् नगर इन्चार्ज र्निमला राई, अनेम संघ नगर कमिटी उप–सचिव गौरी लिम्बुको समेत उपस्थिति रहेको उक्त कार्यक्रम अनेम संघ नगर कमिटी अध्यक्ष सिताकुमारी (रुद्र) गिरीको अध्यक्षताको भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here