दशनामी समाज बिर्तामोडको कार्यालय स्थापना

0
525

बिर्तामोड ।

नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले कार्यालय स्थापना गरेको छ । नगर समितिले दशनामी समाजको बुट्टाबारीस्थित भवनमा शनिवार कार्यालय स्थापना गरेको हो ।

कार्यालयको उद्घाटन नेपाल दशनामी समाज केन्द्रीय सल्लाहकार हर्कलाल गिरी, केन्द्रीय सल्लाहकार केदारप्रसाद गिरी, प्रदेश नं. १ सह–सचिव पदमबहादुर पुरी, समाजका झापा अध्यक्ष केदार गिरी, पूर्व अध्यक्ष खिलबहादुर गिरी, झापा पूर्व बरिष्ठ उपाध्यक्ष एलबहादुर गिरीले गरेका हुन् ।

नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कार्यक्रमका नेपाल दशनामी समाज केन्द्रीय सल्लाहकार हर्कलाल गिरीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत नगरका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद गिरीले गरेको कार्यक्रमको सञ्चालन नगर सचिव उद्धव पुरीले गरेका थिए ।

कार्यक्रममा नगरका सल्लाहकार तथा केन्द्रीय सल्लाहकार तथा जिल्ला नेतृत्वहरुसँग सुझाव संकलन गरिएको थियो । केन्द्रीय सल्लाहकार हर्कलाल गिरी, केदारप्रसाद गिरी, प्रदेश नं. १ सह–सचिव तथा नगरका सल्लाहकार पदमबहादुर पुरी, समाजका पूर्व अध्यक्ष खिलबहादुर गिरी, झापा पूर्व बरिष्ठ उपाध्यक्ष एलबहादुर गिरी, नगर सल्लाहकार तथा झापा अध्यक्ष केदार गिरी, झापा कोषाध्यक्ष तथा नगर सल्लाहकार बालकृष्ण गिरी, सल्लाहकार शंकर गिरी, नरनाथ गिरीलगायतले अक्षयकोष स्थापनाका लागि सल्लाह सुझाव दिएका थिए ।

सोही कार्यक्रमका बीच अध्यक्षकोष स्थापनाका लागि झापा अध्यक्ष केदार गिरीले ५१ हजार रुपैयाँ दिने घोषणा गरेका छन् भने नगर कोषाध्यक्षले कोषका लागि २५ हजार रुपैयाँको चेक प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here