झापा,

मेचीनगर नगरपालिका–१३ स्थित फुलबासा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आज एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही वडाका सुगम टोल निवासी ५० वर्षीय मानबहादुर बराइली रहेको मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले बताउनुभयो ।
खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आज साँझा करेन्ट लागेर उहाँको निधन भएको हो ।
सो घटनाबारे इलाका प्रहरी कार्यालय धुलाबारीलाई जानकारी गराइसकिएको उहाँले बताउनुभयो ।






























