साहित्य चौतारीद्वारा अग्रज स्रष्टा र वालगायिकालाई सम्मान

0
386

बिर्तामोड ।


साहित्य चौतारी झापाले एक कार्यक्रमका बीच अग्रज स्रष्टा र सारेगमप लिटील च्याम्पस् र द भ्वाइस अफ किड्सका विजेता तथा उपविजेतालाई सम्मान गरेको छ ।

होटल हिकोला हेरिटेज काँकरभिट्टाको तेश्रो वार्षिकोत्सव तथा साहित्य चौतारीका संस्थापक,संरक्षकद्वय देवीभक्त श्रेष्ठ र उर्मिला विमली श्रेष्ठका ज्येष्ठ सुपुत्र गौरव श्रेष्ठको जन्मदिनको अवसर पारेर आयोजना गरिएको पर्यटन प्रवद्र्धनमा साहित्य कला संगीत र संस्कृतिको भूमिका विषयक कार्यक्रममा उक्त सम्मान गरिएको हो ।

साहित्य चौतारी झापाले संस्थाका संस्थापक सल्लाहकार तथा साहित्यकार सरोज ओली र संस्थाका सल्लाहकार तथा दीर्घ शिक्षासेवी लोकनाथ पौड्याललाई अग्रज स्रष्टा सम्मान प्रदान गरेको हो ।

साहित्य, कला, भाषा, संस्कृति, परम्परा, आध्यात्मिक दर्शनको क्षेत्रमा अनवरत रुपमा पुर्याएको योगदान तथा साहित्य चौतारी झापाको स्थापनादेखि हालसम्म अभिभावकीय भूमिका निर्वाह गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।
साहित्य चौतारी झापाले अस्वस्थताका कारण ओलीलाई शनिश्चरे तुतवारीस्थित निवासमा सम्मान गरेको थियो ।

संस्थाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा अर्जुनधारा जलेश्वरधामका मूल अर्चक अग्नी सिग्देलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, ,सल्लाहकार कृष्णप्रसाद पौडेल,कोषाध्यक्ष भवानीप्रसाद गौतम लगायतले सम्मान –पत्र, दोसल्ला , फूलमाला , अविर टीका तथा खादा लगाएर ओलीलाई सम्मान गरेका थिए । सम्मानित स्रष्टा ओलीको सम्मान– पत्र संस्थाकी सदस्य सुनिता तामाङले वाचन गरेकी थिइन् ।

संस्थाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा साहित्यकार एवम् साहित्य चौतारी झापाका मानार्थ सल्लाहकार कोमलप्रसाद पोखरेलको प्रमुख आतिथ्य, प्राज्ञ सुभद्रा भट्टराई अर्याल र गायक तथा संगीतकार जीवन अधिकारीको विशिष्ट आतिथ्य एवम् साहित्य चौतारी झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ र उर्मिला विमली श्रेष्ठको विशेष आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार तथा दीर्घ शिक्षासेवी लोकनाथ पौड्याललाई सम्मान –पत्र, दोसल्ला , फूलमाला, अविर टीका तथा खादा लगाएर सम्मान गरिएको थियो । दीर्घ शिक्षासेवी पौड्यालको परिचय संस्थाका सदस्य जीवनजगदीश धितालले प्रस्तुत गरेका थिए भने सम्मान– पत्र संस्थाकी महासचिव खगिन्द्रा खुसीले वाचन गरेकी थिइन् ।

सोही कार्यक्रममा गायन रियालिटी सो सारेगमप लिटिल च्याम्प्स नेपालका विजेता कृपा पौडेल र उप–विजेता रोशा फूयाल र द भ्वाईस अफ किड्स नेपालको विजेता जेनिस उप्रेती र उप विजेता अनुजा कडरियालाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुले सम्मान– पत्र, दोसल्ला, खादा,अविर टीका ,फूलमाला र मायाको चिनोद्वारा सम्मान गरेका थिए ।

सम्मानितहरुमध्ये कृपा पौडेलको सम्मान– पत्र संस्थाका सल्लाहकार कृष्णप्रसाद पौडेलले, रोशा फूयालको सम्मान– पत्र संस्थाका सहसचिव देवीचरण भण्डारीले र अनुजा कडरियाको सम्मान– पत्र संस्थाका उपाध्यक्ष संगीत गुरु दीपक रायामाझीले वाचन गरेका थिए ।

कार्यक्रममा सहभागी कृपा पौडेलका माता– पिता अनिता पौडेल र कुमार पौडेल, रोसा फूयालका माता– पिता कला फूयाल र गोपिकृष्ण फूयाल र अनुजा कडरियाका पिता कुमार कडरियाले सारेगमप लिटील च्याम्पस् र द भ्वाइस अफ किड्सका विजेता तथा उपविजेतालाई एउटै मञ्चमा उपस्थित गराएर सम्मान गरेको भन्दै साहित्य चौतारी झापाको प्रशंसा गरेका थिए ।

कडरिया साहित्य चौतारी झापाकी वाल प्रतिभा पुरस्कारबाट सम्मानित प्रतिभा हुन् भने पौडेल साहित्य चौतारी झापाको आयोजनामा हुने विभिन्न कार्यक्रमकी सहभागि कलाकार हुन् । अर्जुनधारा जलेश्वरधाम समितिले समेत रुद्राभिषेकसहित सारेगमप लिटिल च्याम्प्स नेपालका विजेता कृपा पौडेल र द भ्वाईस अफ किड्स नेपालको उप विजेता अनुजा कडरियालाई आशिर्वचनसहित खादा,अविर टीका ,रुद्राक्षको मालाले सम्मान गरेको थियो ।

कार्यक्रममा होटल हिकोला हेरिटेज काँकरभिट्टाको तेश्रो वार्षिकोत्सवको अवसरमा पर्यटन प्रवर्धनमा साहित्य, संगीत,कला र संस्कृतिको भूमिकाको विषयमा साहित्यकार बिनोद खनालले कार्यपत्र प्रस्तुत गरेका थिए भने नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश सदस्य कुमार भट्टराईले पर्यटन प्रवर्धनमा साहित्य, संगीत,कला र संस्कृतिको भूमिका महत्वपूर्ण भएको बताएका थिए ।

त्यस्तै होटल हिकोला हेरिटेजका म्यानेजर विवेक बराल र हिकोला कम्पनिका म्यानेजर कुमार श्रेष्ठलाई दीर्घ सेवा गरेवापत खादा,अविर टीका ,फूलमालाले सम्मान गरिएको थियो ।

कार्यक्रममा साहित्य चौतारीका संस्थापकद्वय देवीभक्त श्रेष्ठ र उर्मिला विमली श्रेष्ठका ज्येष्ठ सुपुत्र गौरव श्रेष्ठको जन्मदिनमा उनलाई कार्यक्रमका प्रमुख अतिथि, विशिष्ठ अतिथिहरुले टीका माला, खादा, तथा मायाको चिनो प्रदान गर्दै उनको सुस्वास्थ , दीर्घ जीवन र उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

कार्यक्रममा सम्मानित व्यक्तित्व दीर्घ शिक्षासेवी पौड्याल र प्रमुख अतिथि पोखरेलले साहित्य चौतारीले गरेको कार्यको प्रशंसा गरेका थिए ।

कार्यक्रममा सारेगमप लिटिल च्याम्प्स नेपालको विजेता कृपा पौडेलले हिरादेवी वाइवाले गाएको ’ फरियाँ ल्याईदेछन् त्यैपनि रातो झलल……., मन बिना बाँच्न पाए…… बोलको गीत गाएकी थिइन् । यसैगरी उपविजेता रोशा फूयालले चैतमास खडेरीले……र अनुजा कडरियाले छाएछ वसन्त… बोलको गीत गाएकी थिईन् ।

कार्यक्रमको दोश्रो सत्रमा साहित्य चौतारीका पाँचौ. वार्षिकोत्सवका प्रमुख अतिथि वरिष्ठ गायक तथा संगीतकार कुमार सुव्वा र वरिष्ठ गायिका लता मंगलेस्करको स्मृतीमा श्रद्धाञ्जलि सभा गरिएको थियो ।

वरिष्ठ गायक तथा संगीतकार जीवन अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष दीपक रायामाझीले वरिष्ठ गायक तथा संगीतकार कुमार सुव्वा र वरिष्ठ गायिका लता मंगलेस्करको परिचय गराएका थिए ।
कार्यक्रममा सारेगमप लिटिल च्याम्प्स नेपालका विजेता कृपा पौडेल र उप–विजेता रोशा फूयालले लता मङ्गेशकरले गाएको नेपाली गीत–“ फूल भन्छ फुलिरहुँ…. बोलको गीत संयुक्तरुपमा गाएका थिए भने रोशा फूयालले कुमार सुब्बाले गाएको चर्चित गीत “ सारङ्गीको तारले मेरो मनको गीत गाउँछ…… बोलको गीत गाएकी थिईन् । कृपा पौडेलले लता मङ्गेशकरले गाएको “ लगजा गले …. बोलको हिन्दी गीत गाएकी थिईन् ।

कार्यक्रममा साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले मन्तव्य राख्तै रियालिटी सोमा विजयी हुने सवैलाई वधाई ज्ञापन गरेका थिए भने दिवंगत गायक कुमार सुब्बा र लता मङ्गेशकरप्रति श्रद्धाञ्जलि अर्पण गरी कुमार सुब्बाले गाएको –– ए फूल चुँडेर लाने हो….. बोलको गीत र लता मङ्गेशकरले गाएको–“ मेरे नैना सावन भादौ ….. बोलको गीत गाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि अधिकारीले वरिष्ठ गायक तथा संगीतकार कुमार सुव्वा र वरिष्ठ गायिका लता मंगलेस्करको निधनले साँगीतिक क्षेत्रमा अपुरणीय क्षति पुर्याएको बताउँदै कुमार सुब्बाले गाएको शैशव सुखले… बोलको गीत गाएका थिए ।
त्यस्तै संस्थाका अध्यक्ष हस्त परियारले कुमार सुब्बाले गाएको “ सारा तारा…. बोलको गीत गाएका थिए ।
संस्थाका उपाध्यक्ष कृष्ण सुवेदी“ निराकार“ ले स्वागत, सरगम संगीतालयका विद्यार्थीहरुले साहित्य चौतारीको स्वागत गीत प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन संस्थाकी महासचिव खगिन्द्रा खुसीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here