पथरीमा नेकपा- एस निकट यूवा संघको एमसीसीविरुद्ध विरोध सभा

0
545
पथरीशनिश्चरे,
मोरङको पथरीशनिश्चरे नगरमा नेकपा (एकीकृत समाजवादी) सम्बद्ध युवा संघ नेपालले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध विरोध प्रदर्शन गरेको छ ।
पार्टी सम्बद्ध युवा संगठनले आयोजना गरेको प्रदर्शनमा राष्ट्रघाती एमसीसी खारेज हुनुपर्ने माग गर्दै पथरी बजारमा विरोध सभा समेत आयोजना गरेको हो ।
संगठनमा आबद्ध यूवाहरूले “राष्ट्रघाती एमसीसी खारेज गर, देश बेच्न पाइन्दैन, सम्पूर्ण राष्ट्रवादी नेपालीहरु एक हौं ” जस्ता नारा लगाउदै पथरी बजार परिक्रममा गरेका थिए । जाँते मोडबाट सुरु भएको र्याली लोकतान्त्रिक चोक, रत्न चोक, यलम्बर, सुनाखरी चोक, बजारलाइनहुँदै पुनः मुख्य राजमार्ग सडक खण्डको सोही स्थानमा आइ कोण सभामा परिणत भएकाे थियाे ।
कार्यक्रममा नेकपा (एस)को १ नम्बर प्रदेश समिति सदस्य तथा मोरङ जिल्ला उपाध्यक्ष चण्डीप्रसाद राईले एमसीसी राष्ट्रघाती भएको भन्दै एमसीसीको कारण देश दुई ध्रुर्बमा विभाजित भएको बताउनु भयो । उहाँले देश बचाउन सचेत नेपाली नागरिकहरु पनि आन्दोलनमा होमिनुपर्ने कुरामा जोड दिनुभएको थियो।
सोहि अवसरमा प्रदेश सदस्य टंक भण्डारीले एनसेलबाट ७२ अर्ब कर लिन चासो नगर्ने नेताहरु अमेरिकालाई ५५ अर्बमा नेपाली सार्वभौम बेच्न खोजेको आरोप लगाउदै आफूहरुले पुरा हुन नदिने बताएका छन् । उनले एमसीसी लगायतको राष्ट्रघाति योजनाको विरुद्धको आन्दोलनको नेतृत्व नेकपा (एस)ले गर्ने र राष्ट्रघात विरुद्ध तीन करोड नेपाली उत्रिनुपर्ने दिन आउने भण्डारीको भनाइ थियो । कार्यक्रममा युवा संघ नेपालको केन्द्रीय सदस्य बिकास राई, जोन सुब्बा समेतले बोलेका थिए ।
विरोध प्रदर्शन कार्यक्रममा पथरी उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष समेत रहेका पार्टी प्रदेश सदस्य दीपक बस्नेत, करिव तीन सय नेता कार्यकर्ता विरोध कार्यक्रममा सहभागी रहेका नगर अध्यक्ष तुलसी ढकालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here