पत्रकार भण्डारी सहित तीन जना श्रष्ठा इलाममा सम्मानित

0
507

इलाम ,  नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी सहित तीन जना श्रष्ठालाई इलाममा सम्मान गरिएको छ ।
इलामको सूर्योदय नगरपालिकामा निरा–रसिक फाउन्डेसनले कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक समेत रहेका भण्डारी सहित तीन जना श्रष्टाहरुलाई सम्मान गरेको हो ।


नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले स्थापना गरेको फाउण्डेसनले साहित्यकार चुडामणि रेग्मी, लोक गायक एलपी जोशी र पत्रकार चन्द्र भण्डारीलाई जनही नगद २० हजार सहित सम्मान गरेको हो ।
सूर्योदय नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा सम्मानित व्यक्तित्वहरुलाई प्रदेश नम्बर १ को पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बूले नगद सहित सम्मान पत्र प्रदान गरेका छन् ।
कोभिडका कारण गत बर्ष आयोजना हुन नसकेको नरोत्तम–रत्न श्रष्टा सम्मान यस पटक दुवै बर्षको प्रदान गरिएको हो । फाउण्डेसनले २०७७ सालको रेग्मी र २०७८ सालको जोशीलाई प्रदान गरेको हो । कार्यक्रममा स्वास्थ्य समस्याका कारण रेग्मी उपस्थित थिएनन् । नरोत्तम–रत्न श्रष्टा सम्मान रसिकका पिता नरोत्तम राई र माता रत्न ठकुरी राईको स्मृतिमा २०७६ सालमा स्थापना भएको हो ।
त्यसैगरी गणेश रसिकी पत्नी नीरा शेरचन रसिकको स्मृतिमा यस बर्ष स्थापना गरिएको नीरा–रसिक पत्रकारिता सम्मान २०७८ भण्डारीलाई प्रदान गरिएको हो ।
त्यसैगरी प्रदेशको मन्त्री बन्न सफल भएको पर्यटन तथा संस्कृति मन्त्री लङ्वालाई गणेश रसिकले बधाई पत्र समेत प्रदान गरे । कार्यक्रममा प्रदेश सांसद लङ्वा, जिल्ला समन्वय समिति इलामकी उपप्रमुख चित्रकला बराइली तथा सम्मानित व्यक्तित्वद्धय चन्द्र भण्डारी र एलपी जोशीले आफ्नो भनाई राखेका थिए ।
आगामी बर्षबाट पत्रकारिता पुरस्कार निरा शेरचन रसिकको देहान्त भएको कार्तिक १० गतेका दिन प्रदान गरिने फाउण्डेसनका अध्यक्ष गणेश रसिकले जानकारी दिए । उनले गणेश रसिक नाम रहेको फाउण्डेसन अबबाट निरा–रसिक फाउन्डेसनको नामबाट रहने समेत जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here