नापीका लागि रेकी शुरु

0
536

पथरीशनिश्चरे,

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोगले मोरङको पथरी शनिश्चरे नगरमा नापी थाल्नु अघि पोइन्ट पत्ता लगाउन रिकोकनाइज (रेकी) नापी थालेको छ ।

आयोगको निर्देशन अनुसार नगर इकाइ कार्यालयले वडा नम्बर १ को नापीका लागि रेकी थाल्ने बारे वडा कार्यालयमा छलफल भएपछि रेकी थालिएको नगरस्तरीय आयोग सेवा केन्द्रका संयोजक ताराप्रसाद ढकालले जनाउनु भयो ।

आयोग र नगरका प्राबिधिकबाट नापीको पोइन्ट पत्ता लगाउने रेकीको काम सकेर टोटल स्टेशन बिधिबाट नापी अघि बढाइने छ । रेकी कार्यमा वडाका जनप्रतिनिधिका साथै १ नम्बर प्रदेश सांसद कृष्णकुमारी राई समेतको उपस्थिती रहेको छ । नापीका लागि आयोगबाट ३ जना प्राविधिक पठाइएको छ ।

पथरी शनिश्चरेमा, भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको ३ हजार ५ सय ६८ र अव्यवस्थित बसोबासको ६ हजार २ सय २५ घर परिवारको कुल ९ हजार ७ सय ९३ वटा फारममा लगत संकलन भएको छ । १० वटा वडामध्ये १ देखि ५ नम्बर वडासम्मको पूर्ण रुपमा र ६ नम्बरको आधी जसोको लगत र ७ को सफ्टवेयरमा प्रविष्टिकरण सकिन लागेको छ ।

८, ९ र १० नम्बर वडाको बाँकी रहेको छ । हालको आयोगले सफ्टवेयरमा आवश्यक कागजातको प्रावधान केहि फेरबदल गरेकाले कतिपयको थप कागजात मगाएर प्रविष्टिकरण गर्नुपर्ने भएकाले कामको गति ढिलो भएको छ ।

यसैबीच आयोगले हिजो एक सूचना जारी गरी आयोगमा थप वा पुरक प्रमाण पेश गर्नुपर्ने भए पालिकाको सिफारिस सहित ७ दिन दिनभित्र जिल्ला कार्यालयमा पेश गर्न सूचित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here