संखुवासभाबाट दुईजना नक्कली प्रहरी पक्राउ

0
370

संखुवासभा, 

संखुवासभाको खाँदबारी नगरपालिका–८ बाट दुईजना नक्कली प्रहरी पक्राउ परेका छन्। प्रहरी बनेर एक महिलाको अपहरण गरेको आरोपमा पाँचखपन नगरपालिका-४ का अर्जुन तामाङ र रमेशकुमार तामाङलाई प्रहरीको पोसाकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।

खाँदबारीमा पत्रकार सम्मेलन गरेर प्रहरीले शुक्रबार नक्कली प्रहरीलाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार फागुन २७ गते खाँदबारी नगरपालिका–८ की प्रमिला कम्मर सार्कीलाई प्रहरीको भेषमा आएका ४ जनाले घरबाट करिब १ सय मिटर पर जंगलमा लगेर प्रमिलाका पति रमेशकुमार तामाङलाई जिम्मा लगाएका थिए।

प्रहरी प्रमुख सुवेदीका अनुसार पक्राउ परेका रमेशले पत्नी प्रमिला सार्कीको अपहरण गर्न ४ जना नक्कली प्रहरी परिचालन गरेको बताए। त्यसपछि रमेशले आफ्नी पत्नीको ज्यान मार्न शारीरिक तथा मानसिक यातना दिएका थिए।

प्रमिलाले भोलिपल्ट जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन्। उजुरीका आधारमा प्रहरीले पाँचखपन नगरपालिका–४ घर भई खाँदबारी नगरपालिका–९ बस्ने वर्ष ३० का अर्जुन तामाङ र प्रमिलाका पति पाँचखपन नगरपालिका–४ का वर्ष ३४ का रमेशलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ परेका रमेशले पत्नी प्रमिलाको अपहरण गर्न ४ जना नक्कली प्रहरी परिचालन गरेको बताएका छन्। पक्राउ परेका रमेश र प्रमिलाबीच विगत ६ महिनादेखि मनमुटाव थियो। योजनाबमोजिम रमेशसहित ४ जनाले फागुन २५ गते काठमाडौंको बागबजारबाट प्रहरीका नक्कली पोशाक प्रतिजोर प्रतिदिन ५ सयका दरले भाडामा ल्याएको खुलेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here