नेपाल–भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको बैठक सम्पन्न

0
693

भारत,

नेपाल डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक सम्पन्न भएको छ।

भारतको गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशील चन्द्र आचार्यको सह–अध्यक्षता वैठक वसेको थियो।

फागुन २९ गते बसेको उक्त बैठकअघि भारत–नेपाल सीमाका विभिन्न स्थानहरुको स्थलगत भ्रमण पनि गरिएको थियो। फागुन २५ देखि २८ गतेसम्म भएको स्थलगत भ्रमणपछि समितिको बैठक २९ गते काठमाडौंमा बसेको हो।

सीमा क्षेत्रमा बाढी, कटान तथा डुबान व्यवस्थापन गर्नु समितिको कार्यक्षेत्र भित्र पर्छ। समितिले सीमा क्षेत्रमा पर्ने नदीहरूको व्यवस्थापनका लागि प्रस्तावित नवोदित कार्यस्थलको पनि भ्रमण गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here