बिर्तामोड ।

झापाको अर्जुनधारा–६ स्थित पुष्पलाल चोकमा बोलेरोको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।
आज बिहान ५ः १५ बजे भएको दुर्घटनामा परी अर्जुनधारा–६ का ५३ बर्षीय कृष्णप्रसाद निरौलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा बिर्तामोड–५ का ४५ बर्षीय अर्जुन उप्रेती घाइते भएको प्रहरीले जनाएको छ ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–००१–च ९१०७ नम्बरको बोलेरोले ठक्कर दिँदा निरौलाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा घाइते भएका उप्रेतीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइहेको बताइएको जनाइएको छ । चालक फरार रहेको र बोलेरो इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।






























