
‘आमा तपाई यी नयाँ ब्लाङ्केटहरु किन प्याक गर्दै हुनुहुन्छ ?’ ‘किनभने छोरी यी ब्लाङ्केटहरु युक्रेनी शरणार्थीहरुलाई सहयोग स्वरुप दिनलाई तयार पार्दैछु जो रुसले युक्रेनमा सैन्य आक्रमण गरेपछि ज्यान जोगाउन हाम्रो देशमा शरण लिन आइपुगेका छन् ।’
रुसले युक्रेनमा सैन्य आक्रमण गरेपछि ज्यान जोगाउन युक्रेनबाट करिब चालीस लाख मानिसहरु छिमेकी युरोपेली देशहरुमा शरणार्थीका रुपमा पुगेका छन् । र, ती युरोेपेली देशहरुमा युक्रेनी मुलका शरणार्थीहरुका लागि सहयोग गर्न अभूतपुर्व एकता देखिएको छ ।
‘अनि आमा तपाईले यसभन्दा अघिका घटनाहरुबाट सिर्जिएका अफ्रिका र मध्यपूर्वका शरणाथीहरुका लागि चाहिँ कहिल्यै सहयोग गर्नु भएन त । त्यहाँबाट सहयोग माग आउँदा पुराना ब्लाङ्केटहरु बरु जलाएर हाम्रो घरको कुकुर र बिरालोलाई न्यानो पार्नु भयो ।’ ‘किनभने छोरी युक्रेनीहरु युरोपियन हुन्, अफ्रिकी र मध्यपूर्वीहरु युरोपियन होइनन् । फरक यतिले मात्र होइन कि धेरैले कुराले युक्रेनीहरु हाम्रा मान्छे हुन् र अफ्रिकी र मध्यपूर्वीहरु अर्कै दुनियाका ।’ ‘शरणार्थीहरुबीच पनि आफ्नो र अर्का भनेर छुट्याउनु राम्रो हो त आमा । अनि आमा यी खानेकुराका प्याकेटहरु केका लागि तयार गर्दै हुनुहुन्छ ?’ ‘यी पनि युक्रेनी शरणार्थीहरुका लागि तयार पार्दैछु ।’ ‘आमा तपाईले अफ्रिकी र मध्यपूर्वका शरणार्थीहरुका लागि कहिल्यै यसो गर्नु भएन त ?’ ‘हेर छोरी मैले अघि पनि भनि सकेँ कि अफ्रिकी र मध्यपूर्वीहरु हाम्रा मान्छे होइनन् ।
कथा
अफ्रिकी र मध्यपूर्वका शरणार्थीहरुलाई खाने अन्न पठाउनु भन्दा हाम्रो फार्महाउसका सुँगुरहरुलाई खुवाउँछु ।’ ‘हाम्रा देशमा युक्रेनबाट भागेर अफ्रिकी र मध्यपूर्वका शरणार्थीहरु पनि आइपुगेका छन् । अब उनीहरुलाई तपाई सहयोग गर्नु हुन्छ कि हुन्न आमा ?’ ‘छोरी मैले तिमीलाई अघि नै भनिसकेँ त । बरु तिमी मलाई काम सघाउ कृपया ।’ ‘हुन्छ तर सबैका लागि सहयोग गर्नुपर्छ ।’ ‘छोरी तिमी धेरै आदर्शका कुरा नगर ।’ ‘आमा तपाईलाई यसरी विभेद गर्न कसले सिकायो ?’ ‘मेरो जन्मले सिकायो छोरी सायद ।’ ‘तपाईको जन्म भन्नाले ?’ ‘छोरी हामी युरोपियन हौं ।’ ‘अनि आमा युरोपियनहरु यति धेरै विभेदकारी र निर्दयी हुन्छन् ?’ ‘यो त जन्मजातै आउने गुण हो ।
सायद पृथ्वीका सबै मानिसहरुले यसै गर्दछन् छोरी ।’ ‘होइन आमा ।’ ‘हो छोरी ।’ ‘मैले सकिन आमा तपाईसँग कुरा गर्न ।’ ‘तिमीले धेरै कुरा सिक्न बाँकी छ छोरी ।’ ‘तर आमा म यस्तो विभेदकारी कुरा सिक्न सक्दिन ।’ ‘हो, कुनै बेला म पनि तिमी जस्तै उमेरकी थिएँ छोरी ।’ ‘तर आमा म तपाईको उमेरमा पुग्नुभन्दा पहिल्यै नै यि युवावस्थामा नै म सबैलाई समभावले हेर्ने गर्छुु । शरणार्थीहरुलाई विभेद गर्नु अमानवीय काम हो ।’ ‘कस्तो अमानवीय कुरा छोरी ?’ ‘जस्तो तपाई गरिरहनु भएको छ आमा ।’ ‘यस्तो त मैले मात्र गरिरहेकी छैन, सारा युरोपियनहरुले गरिरहेका छन् ।’ ‘त्यसो भए युरोपियन हुनुको अर्थ यस्तै हो त आमा ?’ ‘यस्तो त सरकारहरुका तर्पmबाट पनि भैरहेका छन् छोरी ।’ ‘तर यी सब गलत र अमानवीय ब्यबहार हुन् ।’ ‘गलत नै सही, सबैले यर्स गर्छन् छोरी ।’ ‘थुइक्क मान्छेको सोच ।’
अहिले युरोपमा यस्तै भइरहेको छ । युद्धबाट ज्यान जोगाउन युक्रेनबाट भागेर युरोपीयन देश पुगेका शरणार्थीहरु माथि यी सम्वादका जस्तै व्यवहार भइरहेका छन् । युरोपियनहरु शरणार्थीहरुलाई विभेद गरिरहेका छन् । त्यहाँका देशहरुका सरकारहरुले समेत विभेद गरिरहेका छन् । युक्रेनका नागरिकहरुलाई मात्र मनैदेखि न्यानो माया दर्शाइरहेका छन् र मानवीय सहयोगका हात बढाइरहेका छन् । युक्रेनी शरणार्थीहरुका लागि आ–आफ्ना घरमै स्वागत सत्कार गर्न तयार छन् । तर, युक्रेन बाहेकका नागरिक हुन् भन्ने बित्तिकै आफ्ना देशमा छिर्नसम्म पनि दिइरहेका छैनन् ।
शरणार्थीका लाइनहरुबाट नै अनुहार, वर्ण, ओठ र कपाल देखेकै भरमा युक्रेनी र अफ्रिकी, मध्यपूर्वीहरु छुट्याइन्छ । युक्रेनीहरुलाई सुविधायुक्त शिविरमा लगिन्छ । अफ्रिकी र मध्यपूर्वीहरुलाई आफ्नै देश जान भनिन्छ । शरणार्थीहरुमाथि गरिने यस्ता कुरुप व्यवहार अहिले युरोपमा प्रसस्त देख्न पाइन्छ ।
युक्रेनी शरणार्थीहरुका सपोर्ट र हेरचाहका लागि युरोपियनहरुमा अभूतपूर्व एकता देखिएको छ । युक्रेनी नागरिकहरुका लागि मात्र यस्तो भावना र तत्परता देखिएको छ । युरोपमा चाख लाग्दो कुरा देखिएको छ । त्यो हो युरोपियनहरु युक्रेनी नागरिक शरणार्थीहरुप्रति धेरै नै व्यग्र देखिएका छन् ? युक्रेनी नागरिक शरणार्थीहरुका लागि युरोपियनहरुका मन अनायसै पग्लिएका छन् । यसको रहस्य के होला ?
रुसले युक्रेनमा आक्रमण गर्नुलाई आपैmलाई आक्रमण गरेको ठानेका छन् युरोपका देशहरुले । युरोपियनहरु आफ्नै टाउकामा बम खसेको महशुस गरिरहेका छन् । सारा युरोपियनहरु युक्रेनको पक्षमा वकालतमा उत्रिएका छन् । युद्ध सामग्री सप्लाईदेखि मानवीय सहायताका लागि समेत एकताबद्ध भएर लागेका छन् । उनीहरुबीच गजबको हातेमालो देखिएको छ । युक्रेन र युक्रेनी शरणार्थीहरुको सपोर्टमा देखिएको यो असिम एकता कसरी पैदा भयो ? धेरैको खुल्दुली यही रहेको छ । विश्लेषकहरुले यसलाई जातीय, अझ प्रष्टरुपमा भन्नुपर्दा ¥यासिअल (नश्लीअ) भावना भनिरहेका छन् ।
युरोपमा गैर युरोपियन शरणार्थीहरुका लागि ढोका बन्द छन् । ढोका बन्दमात्र होइन उनीहरुलाई भौतिक कारवाही नै गरिन्छन् । सेना लगाएर निर्ममताका साथै पिटिन्छन्, लखेटिन्छन् र मारिन्छन् पनि । शरणाथीहरुले साथमा लिएर आएका आवश्यक सामग्रीहरु नष्ट गरिन्छन्, साथमा भएको थोरै पैसा समेत खोसेर लग्छन् । अनि शरणार्थीहरुलाई खुला आकाशमुनि निर्जन ठाउँमा मर्न छाडिदिन्छन् । अहिले युरोपमा कठ्याङ्ग्रिने जाडो छ । युक्रेनी नागरिक बाहेकका शरणार्थीहरु खुला आकाशमुनी, रुखको ओतमा ज्यान बचाउन संघर्ष गरिरहेका छन् । जीवन सुरक्षाका लागि शरण माग्न आएका शरणार्थीहरुलाई मर्न छाडिएका छन् । शरणार्थीहरु माथि अलग किसिमले व्यवहार गरिँदैछ । त्यहाँ युक्रेनी अर्थात् युरोपियन बाहेकका शरणार्थीहरुका लागि वकालत गर्नेहरुलाई पनि कारवाही गरिन्छ । तर, युक्रेनी नागरिक शरणार्थीहरुलाई युरोपीयन देशमा सरकारी भवनहरुमा सुविधायुक्त शिविरमा राखिएका छन् । उनीहरुका नानीहरुका लागि शिक्षाको बन्दबस्त समेत मिलाइँदैछ ।
यस्तो परिदृष्यले विकसित तथा शिक्षित भनिएको युरोपीयनहरुको सभ्यता नाङ्गिएको छ । युरोपको मानसिक सभ्यता कुरुप र खोक्रो रहेको उजागर भएको छ । अझ शरणार्थीका रुपमा रसीयन सपोर्टर र रसीयन नागरिक युरोप पुगे भने तिनको हालत के हुन्छ होला ?



























