पथरीशनिश्चरे नगरपालिकाले गर्यो पत्रकारहरुलाई सम्मान

0
493

छविराज ढकाल, पथरीशनिश्चरे । 

पथरीशनिश्चरे नगरपालिकाले नगरको मिडिया प्रवद्र्धन गर्ने उद्देश्यले बुधबार नगरमा कार्यरत संचार माध्यम र सञ्चारकर्मी पुरस्कृत तथा सम्मानित गरेको छ ।

नगरपालिकाले हरेक वर्ष संचार माध्यम पुरस्कार, पत्रकार सम्मान र पत्रकार पुरस्कार लगायत शिर्षकमा सम्मान प्रदान गर्दै आएको हो । प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख दिलिप कुमार राईले संचारकर्मीहरुले नगरको विषयमा सकारात्मक वा नकारात्मक सबै प्रकारका विषय उठान गरेर नगरको विकासका लागि भूमिका निर्वाह गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

सोहि अवसरमा कार्यक्रमका अध्यक्षतामा गर्नुभएका नगरका कार्यकारी अधिकृत लक्ष्मीप्रसाद खरेलले संचारकर्मीहरुलाई सम्वन्धित निकायलाई खबरदारी गर्ने क्रममा सहीलाई सही र गलतलाई गलत भन्न पनि गहिरो अध्ययन, अनुसन्धान र राम्ररी बुझेर मात्र समाचार प्रकाशन- प्रसारण गरिदिनु हुन अनुरोध गर्नु भएको छ ।

नगरको मिडिया प्रवद्धनका लागि पत्रकार, सञ्चार माध्यम पुरस्कार तथा सम्मान छनौेट समितिले एक कार्यक्रमको आयोजना गर्दै सो पुरस्कार वितरण गरेको थियो। यस वर्षको संचार माध्यम पुरस्कारको लागि क्रेजी डटकम साप्ताहिकलाई पुरस्कृत गरिएको गरिएको छ भने अनलाइन तर्फको पर्देश दैनिक डटकमका संचालक भिमराज अधिकारीलाई पुरस्कार प्रदान गरिएको छ ।

यसैगरी, पत्रकार सम्मानबाट पथरी एफएम, कुरकुरे डटकम लगायतका संचार गृह संचालक समेत रहेका पत्रकार मोहन भट्टराई सम्मानित भएका छन् । नगरले प्रदान गर्ने संचार माध्यम पुरस्कार, पत्रकार सम्मान र पत्रकार पुरस्कारको राशी क्रमशः नगद २५ हजार , नगद २० हजार र नगद १५ हजार रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here