झापामा २१५३५० बालबालिकालाई टाइफाइड विरुद्धको खोप

0
590

बिर्तामोड ।

स्वास्थ्य कार्यालय झापाले टाइफाइड रोग विरुद्धको अभियान सञ्चालन गरेको छ ।

स्वास्थ्य कार्यालय झापाले बुधवार बिर्तामोडमा पत्रकारहरुसँग अन्र्तक्रिया गर्दै नियमित खोप र टाइफाइड खोपका बिषयमा जानकारी दिएको हो ।

टाइफाइड रोग विरुद्धको अभियान तथा नियमित खोपमा टाइफाइड खोपको शुरुवात भन्ने नाम दिइएको कार्यक्रममा आगामी चैत २५ गतेदेखि झापाका १५ महिनादेखि १५ बर्षसम्ममा बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख इश्वरीप्रसाद पौडेलले जानकारी दिए ।

उनले झापामा १३ वटा पालिकामा आगामी चैत्र २५ गतेदेखि ३० गतेसम्म र शिवसताक्षी र गौरादश नगरपालिमा आगामी बैशाख ४ गतेदेखि ९ गतेसम्म अभियान सञ्चालन हुने बताए ।

उनका अनुसार देशभर एकै चरणमा चैत्र २५ देखि बैशाख १८ गते अभियान सम्पन्न हुने उनले जानकारी दिए ।

स्वास्थ्य कार्यालयले अभियानका लागि ६ सय ९० वटा खोप केन्द्रबाट झापाभरका दुई लाख १५ हजार ३ सय ५० जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने र उक्त अभियानका लागि २ सय २८ जना खोपकर्मी र ४ सय ५६ जना स्वयम सेवक तयारी अवस्थामा रहेको जानकारी दिए ।

कार्यक्रममा अभियानका फोकल पर्सन बालकृषण् भण्डारीले टाइफाइड रोग र बच्ने उपायको बारेमा जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here