पाँचथर ।

पाँचथरको कुम्मायक गाउँपालिका–५ लुम्वुघाटस्थित तमोर नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बेलका नगरपालिका–६ उदयपुरका ३० बर्षीय हरि राई मृत अवस्थामा फेला परेका छन्।
बैशाख २ गते दिउँसो साथीहरुसंग रवरको ट्युवमा पौडी खेल्ने क्रममा तमोर नदीमा डुबी बेपत्ता भएका राईको खोज तलासको क्रममा धनकुटाको चौबिसे गाउँपालिका–७ स्थित तमोर नदीको किनारमा मृत अवस्थामा लाश फेला परेको हो ।
मृतक राई स्वच्छन्द निर्णण सेवा प्रालिले निर्माण गर्दै गरेको कुम्मायक–५ लुम्वुघाटस्थित तमोर नदीमा पाँचथर–तेह्थुम जोड्ने निर्माणाधिन पुलका कामदार हुन् । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।






























